दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते: एकको अवस्था गम्भीर
३ घण्टा अगाडि
दाङ, १५ असार। तुलसीपुर एयरपोर्ट नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालका अनुसार तुलसीपुर उपमहानगरपालिका–१२ का २८ वर्षीय भुवन केसीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा २४ वर्षीय रोषण बस्नेतको अवस्था मध्यम छ।
सोमबार बिहान करिब ११ बजे केसी सवार रा ७ प ९९१९ नम्बरको मोटरसाइकल र बस्नेत सवार रा ४ प ४०४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
राप्ती राजमार्गअन्तर्गत विपरीत दिशाबाट आएका तीव्र गतिका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
एक मोटरसाइकल तुलसीपुरबाट दक्षिणतर्फ जाँदै थियो भने अर्को उत्तरतर्फ बजारतिर गइरहेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस