after_navbar

अबरुद्ध राजमार्ग पुन: सन्चालन


३ घण्टा अगाडि


दाङ,१६ असार । लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको राप्ती राजमार्ग पुनः सञ्चालनमा आएको छ।

राप्ती राजमार्गअन्तर्गत अरिङ्गाले फेदी नजिकै आज बिहान करिब १० बजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। करिब आधा घण्टापछि सडक पुनः सञ्चालनमा आएको कपुरकोट प्रहरी चौकीका प्रमुख हेमराज कार्कीले जानकारी दिए। दाङसहित सल्यानको कपुरकोट क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।

लगातारको वर्षाका कारण निर्माणाधीन राप्ती राजमार्ग समय समयमा अवरुद्ध हुने गरेको छ। प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अवरुद्ध सडक खुलाउन आवश्यक तयारी अवस्थामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="