मुख्यमन्त्री आचार्यको प्रतिवद्दतापछी पुनः बस्यो प्रदेश सभा बैठक
असार २१, २०८३
दाङ,२१ असार। लुम्बिनी प्रदेश सभा बैठक फेरि बसेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बजेटलाई हेरफेर गर्ने प्रतिवद्दता गरेपछि बैठक अगाडि बढेको हो।
आजको बैठक सुरु भएपछि प्रतिपक्ष दलहरू असन्तुष्टि जनाउँदै बाहिरिएका थिए। त्यसपछि बैठक आधा घण्टा रोकिएको थियो।
पछि मुख्यमन्त्री आचार्यले उठेका कुरामा सरकारको धारणा राखेपछि बैठक सुरु भएको हो। उनले बजेटमा छुटेका योजना मिलाउने, आवश्यक ठाउँमा पैसा थप्ने र कामलाई अघि बढाउने बताएका छन् ।
उनले भने-“महत्त्वपूर्ण योजना रोकिँदैन, जहाँ कमी छ त्यहाँ मिलाएर काम गरिन्छ।” कतै धेरै वा कम योजना परेको भए पनि सन्तुलन मिलाइने उनले बताए।
मुख्यमन्त्रीले अस्पताल, सडक र ठूला योजनालाई प्राथमिकता दिने पनि बताए। प्राविधिक विश्वविद्यालयका लागि काम अन्तिम चरणमा पुगेको र बजेट राखिएको जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालका लागि दुई अर्ब बजेट छुट्याइएको पनि उनले बताए।
सरकारले प्रतिपक्षले उठाएका कुरा गम्भीर रूपमा लिएको भन्दै सबै प्रतिबद्धता पूरा गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस