दाङ,२८ असार । आज सुनको भाउ बढेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको तोलामा ६०० रुपैयाँले बढेका हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै , आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार तोलाको चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको चार हजार ४७५ रुपैयाँमा झरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस