after_navbar

फरार कैदी पक्राउ


३ घण्टा अगाडि


दाङ,२८ असार । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ बनगाउँ निवासी ३३ वर्षीय ‘गोरे’ भन्ने गोविन्द विक रहेका छन्। उनलाई २५ वर्ष कैद सजाय तोकिएको थियो।

प्रहरीका अनुसार विक आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए र लामो समयदेखि लुकिछिपी बस्दै आएका थिए। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="