after_navbar

जंगली च्याउ खाँदा चार जना बिरामी


२ घण्टा अगाडि


दाङ ,२९ असार । दाङमा जंगली विषालु च्याउ खाँदा गर्दा चार जना बिरामी परेका छन्। बिरामी पर्नेमा दंगीशरण गाउँपालिका-७ श्रीगाउँमा ६० वर्षीया झुमा डाँगी, उनकी २७ वर्षीया बुहारी टिका डाँगी र छिमेकी १७ वर्षीया भुमा खड्का रहेका छन् ।

उनीहरूले असार २८ गते बेलुका झुमा डाँगीको घरमा पकाइएको च्याउ खाएका थिए। च्याउ सेवनपछि स्वास्थ्य समस्या देखिएपछि आज बिहान करिब साढे ४ बजे तीनै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ।

यसैबीच, बबई गाउँपालिका-६ पञ्चकुलेकी १५ वर्षीया आयुष्मा वली पनि जंगली विषालु च्याउ खाँदा कारण बिरामी परेकी छन्। उनको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा जंगली च्याउ सेवन गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="