लाइसेन्स वितरण,नविकरण र परीक्षा लगायतका सबै सेवा स्थगित
असार २, २०८३
दाङ,२९ असार । यातायात व्यवस्था विभागले लाइसेन्स वितरण सम्बन्धि सबै सेवा केहि समयका लागि स्थगित गरेको छ। विभागको सर्भरमा समस्या आएपछि सेवाहरु स्थगन गर्नु परेको हो।
विभागका अनुसार लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।
विभागका प्रवक्ता गणेशमान सिंह राईले दिएको जानकारीअनुसार आर्थिक वर्षको अन्तिममा केही सिस्टम पनि अपडेट गर्नुपर्ने भएको र सर्भरमा पनि समस्या देखिएकाले सूचना जारी गरेर स्थगित गर्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस