after_navbar

पहिरोमा पुरिएका दुईजनाको शव फेला


३ घण्टा अगाडि


रोल्पा,१० साउन। पहिरोमा पुरिएका दुई जना महिलाको शव फेला परेको छ । रोल्पाको सुनछहरी गाउँपालिका–१ मा सेरम दवाङ लेक मार्गमा शनिबार दिउँसो पहिरोमा उनीहरु पुरिएका थिए। गाईबाख्रा चराउन गएका बेला उनीहरु पहिरोमा पुरिएका थिए। पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यस्तै स्थानीय ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । घर्तीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="