after_navbar

कम्युनिष्ट आन्दोलनका धरोहर बस्नेतको निधन


३ घण्टा अगाडि


दाङ,११ साउन। नेकपा एमालेका नेता तथा कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित बस्नेतको ७९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलन र दाङमा पार्टी संगठन निर्माणमा पुर्‍याएको योगदानको उच्च कदर गरिएको थियो। तत्कालीन प्रधानमन्त्री तथा केपी शर्मा ओली ले काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा उनलाई सम्मान गरेका थिए।

दाङमा कम्युनिष्ट आन्दोलनका ‘खम्बा’का रूपमा परिचित बस्नेत नेकपा एमाले दाङका पूर्व अध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए। उनले विभिन्न जिम्मेवारीमा रहेर इमानदार, शालीन र समर्पित नेतृत्व प्रदान गरेका थिए।

उनको निधनले दाङको कम्युनिष्ट आन्दोलन र एमाले संगठनलाई अपूरणीय क्षति पुगेको जिल्ला अध्यक्ष शिवकुमार आचार्यले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="