after_navbar

भन्सार छलेर ल्याइएको ३२ बोरा चिनी बरामद


३ घण्टा अगाडि


काठमाडौ,११ साउन। भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरी बल नेपाल ले नियन्त्रणमा लिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट बिर्तामोडतर्फ लैजाँदै गरेको चिनी बोकेको पिकअप र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा प्र-१-०१-००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरिएको ३२ बोरा चिनी बरामद गरेको जनाएको छ।

बरामद गरिएको चिनीको अनुमानित मूल्य रु १ लाख १२ हजार, पिकअपको रु १० लाख र मोटरसाइकलको रु २ लाख गरी जम्मा रु १३ लाख १२ हजार बराबर रहेको जनाइएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र स्रोतका अनुसार उक्त चिनी र सवारीसाधन बिर्तामोडका कारोबारी पिन्टु साह सँग सम्बन्धित रहेको दाबी गरिएको छ। स्रोतले उनले काँकडभिट्टा नाकाबाट नियमित रूपमा भन्सार छलेर सामान भित्र्याउने गरेको आरोप पनि लगाएको छ।

यस्तै, सशस्त्र कारबाहीमा परेका हरि मगरसँग सम्बन्धित गतिविधिपछि उक्त सामान नियन्त्रणमा आएको स्रोतको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="