after_navbar

स्वास्थ्य सेवामा अवरोध नगर्न सरकारको आग्रह


४ घण्टा अगाडि


दाङ,१२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा कुनै अवरोध नगर्न आग्रह गरेको छ।

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि मन्त्रालयले अपिल जारी गरेको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचारमा बाधा नपुर्‍याउन सबैलाई आग्रह गरेका छन् ।

यसैबीच नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको धरपकड र दमनको विरोध गर्दै देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरेको छ।

गत साउन ९ गते नारायणी अस्पताल मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको घटनामा संलग्नलाई कारबाही गर्न संघले माग गरेको छ। साथै आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="