after_navbar

नारायणी अस्पतालका ६७ चिकित्सकको सामूहिक राजीनामा


२ घण्टा अगाडि


काठमाडौ,१२ साउन । नारायणी अस्पतालका चिकित्सकहरूले असुरक्षा बढेको भन्दै सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमै चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिको घटनामा प्रशासनले कारबाही नगरी उल्टै दुर्व्यवहार गरेको आरोप लगाउँदै ६७ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

चिकित्सक डा. उदयनारायण सिंहका अनुसार मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह समक्ष राजीनामा पेश गरिएको छ। उनले बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको जानकारी दिए।

‘हामीमाथि भएको आक्रमणपछि सेवामा फर्किने वातावरण बनोस् भनेर प्रशासनसँग वार्तामा गएका थियौँ, तर त्यहाँ हामीलाई नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरियो,’ डा. सिंहले भने।

चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को समेत राजीनामा माग गरेका छन्।

चिकित्सकहरूको सामूहिक राजीनामापछि अस्पतालमा आकस्मिक सेवासमेत पूर्ण रूपमा बन्द भएको छ, जसका कारण बिरामीहरू प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="