after_navbar

महिला स्कुटर स्लो रेस हुँदै


२ घण्टा अगाडि


दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने भएको छ।

Artistic Entertainment को आयोजनामा असोज ७ गते बिहान ७ बजे अरणीको मैदानमा प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

प्रतियोगितामा सहभागी महिलाले निर्धारित ट्र्याकमा स्कुटर चलाउँदै सन्तुलन कायम गरी सबैभन्दा कम गतिमा अन्तिम रेखा पार गर्नुपर्नेछ। निर्धारित लाइनबाट बाहिर जान तथा स्कुटर चलाउँदा खुट्टा जमिनमा टेकाउन पाइने छैन।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीयले २ हजार ५ सय र तृतीय हुनेले १ हजार २५० रुपैयाँ पुरस्कार पाउनेछन्। सहभागी सबैलाई नेपाली चलचित्र ‘बा युद्ध’ हेर्न दुईवटा टिकट उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आयोजकले तोकेको प्रक्रियामार्फत दर्ता गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

data-href="