सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यान परिसरमा रहेको पिपलको रुख अनुमति नलिई काटेको आरोपमा तत्कालीन प्रहरी प्रमुख डीएसपी डा. हेमबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा डिभिजन वन कार्यालय सल्यानले केसीमाथि अनुसन्धान थालेको हो। अख्तियारले उजुरीमाथि छानबिन गर्दै विषय वनसम्बन्धी भएकाले डिभिजन वन कार्यालयलाई अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
सोही निर्देशनका आधारमा डिभिजन वन कार्यालयले तत्कालीन प्रहरी प्रमुख केसीविरुद्ध रुख कटानसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस