after_navbar

तुलसीपुरकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो


मङि्सर १०, २०७७


दाङ । कोरोना भाइरसबाट संक्रमित तुलसीपुरकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो ।

यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="