after_navbar

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा


मङि्सर २४, २०७७


अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । ​

बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए । 

मङ्गलबार नै अमेरिकी नियामकले फाइजर र बायोटेकको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर र बायोटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको छ । औपचारिक निर्णयका लागि एफडीएले बिहीबार बैठक गर्दैछ ।

यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।  -एजेन्सी

प्रतिक्रिया दिनुहोस

data-href="