after_navbar

दाङमा टिकटक बनाउदा झोलुङ्गे पुलबाट खसेर एक युवक गम्भिर घाइते


पुष ०४, २०७७


दाङ। दाङको पर्यटकिय स्थल छहरा नजिकैको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा एक युवक खसेर गम्भिर घाइते भएका छन् ।

पर्यटकिय स्थल छहरामा शनिवार साथीहरुसंग पिकनिक खान गएका २४ बर्षिय रमेश थापा झोलुङ्गे पुलमा फोटो र टिकटक बनाउने क्रममा पुलबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाईते थापाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="