after_navbar

यी हुन् प्रधानमन्त्री ओलीले थपेका नयाँ मन्त्रीहरू 


पुष १०, २०७७


काठमाडौ। प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन्। उनीहरू तीनै जना पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको स्रोतले बतायो।

साह केही दिनअघिसम्म प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।

प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस

data-href="