after_navbar

तुलसीपुर मेट्रो कलेज नमुना शिक्षालय हो – कलेज प्रमुख आचार्य


चैत १४, २०७७


दाङ। तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले मेट्रो कलेज यो क्षेत्रको नमुना शिक्षालय भएको वताउनु भएको छ ।

निम्नवर्गका मानिसहरुले पनि प्राविधिक शिक्षा अध्ययन गर्न सकुन् भनेर कलेज सञ्चालन गरिएको पनि उहाँले वताउनु भयो । ‘स्थानीय सरकारले सञ्चालन गरेको यो कलेजले यो क्षेत्रको मुहार परिवर्तन गर्नेछ’ उहाँले भन्नु भयो ।
रोटरी क्लव अफ तुलसीपुर सिटिले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ताको रुपमा बोल्दै आचार्यले जीवनमा गतिशिल भएर अगाडी वढ्नुपर्ने वताउनु भयो । ‘काम गरियो भने सफल मात्रै होईन असफल पनि भइन्छ तर हिड्न भने छाड्नुहुदैन’ उहाँको भनाइ थियो । साहित्यमा निम्न वर्गका कुरा लेख्न मन पराउने वताउँदै आचार्यले सीमान्तकृत जनताका कुरा साहित्यमा आउनुपर्ने वताउनु भयो ।

जीवनमा असफलताभित्र पनि सफलता हुने भन्दै उहाँले निरन्तर हिड्ने व्यक्ति सधै सफल हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले अतिथी वक्ता आचार्यको परिचय गराउनु भएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष हमालले अतिथी वक्ता आचार्यलाई मायाको चिनो प्रदान गर्दै नमुना शिक्षालयको रुपमा स्थापना भएको मेट्रो कलेजले आचार्यको नेतृत्वमा थप उचाई चुम्नेमा आफु विश्वस्थ रहेको बताउनु भयो ।

क्लबका उपाध्यक्ष सन्दिपन रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा भावी अध्यक्ष शिव श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव देवेन्द्र केसीले सहजिकरण गरेको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिश लामिछाने लगायत सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="