after_navbar

दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ


असोज २४, २०७८


दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढी नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही ९ निवासी ५५ वर्षिय दुर्गा बहादुर घर्ती, सोही ठाउँ निवासी ४१ वर्षिय पुस्कर केसी, ५५ वर्षिय होम बहादुर केसी, ५८ वर्षिय मनविर चौधरी, ५८ वर्षिय चिल्लु चौधरी, ३१ वर्षिय कालिचरण चौधरी, ४१ वर्षिय कमल चौधरी, ५४ वर्षिय गिर बहादुर कामी, ४९ वर्षिय कुमार केसी, ३३ वर्षिय गोविन्द डिसी, २५ वर्षिय कर्ण बहादुर विश्वकर्मा, २० वर्षिय सन्दिप चौधरी र ३४ वर्षिय विष्णु चौधरी रहेका छन् ।

साथै उनीहरुलाई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="