खेल

फिफा वरीयतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ । एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता  तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ … Continue reading फिफा वरीयतामा नेपाल यथावत्

थप पढ्नुहोस् »

नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले … Continue reading नेमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

थप पढ्नुहोस् »

स्मिथको लगातार दोस्रो शतक

दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए । यस्तै डेविड वार्नरले ८३, … Continue reading स्मिथको लगातार दोस्रो शतक

थप पढ्नुहोस् »

कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

कोरोना संक्रमण मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन्। बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण मुक्त भएका तीनै खेलाडी आइतबारबाट बन्द प्रशिक्षणमा सहभागी भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यस्तै … Continue reading कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

थप पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।  उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

थप पढ्नुहोस् »

सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

काठमाण्डाै । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । बीबीएलका लागि होबर्टमा … Continue reading सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

थप पढ्नुहोस् »

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने … Continue reading नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

थप पढ्नुहोस् »

बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ। नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको … Continue reading बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

थप पढ्नुहोस् »

मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी … Continue reading मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि

थप पढ्नुहोस् »

रोनाल्डो भए कोरोना मुक्त

पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌। तर … Continue reading रोनाल्डो भए कोरोना मुक्त

थप पढ्नुहोस् »