शिक्षा

सप्तरंगी स्कूलको बार्सिकोत्सब : ‘निजी विद्यालयले बिपन्नलाई निशुल्क शिक्षा दिनु पर्छ’

दाङ,७ फागुन। तुलसीपुरमा रहेको सप्तरंगी इंगलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्पो तथा विद्यालयको वार्षिकोत्सव कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष ढकालले शिक्षा नीति एउटै नभएसम्म मुलुकको समग्र विकास सम्भव नहुने बताए । … Continue reading सप्तरंगी स्कूलको बार्सिकोत्सब : ‘निजी विद्यालयले बिपन्नलाई निशुल्क शिक्षा दिनु पर्छ’

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। सार्वजनिक सूचनाअनुसार साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ … Continue reading कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

थप पढ्नुहोस् »

हिमालको २२औँ स्थापना दिवस सम्पन्न

दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने विशिष्ट अतिथि रहेका कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तीप्रसाद न्यौपाने र शिक्षक–अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरीलगायतले … Continue reading हिमालको २२औँ स्थापना दिवस सम्पन्न

थप पढ्नुहोस् »

सगरमाथा स्कूलमा ‘फुड फेस्टिवल–२०८२’

छोराछोरीले बनाएको परिकार चाख्न अभिभावकको उत्साहपूर्ण सहभागिता दाङ,२५ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कूल दाङले ‘फुड फेस्टिवल–२०८२’ सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरूमा व्यवहारिक सीप, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। फुड फेस्टिवलमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले सेलरोटी, सुख्खा रोटी, पकौडा, … Continue reading सगरमाथा स्कूलमा ‘फुड फेस्टिवल–२०८२’

थप पढ्नुहोस् »

नेपाल शिक्षक संघ घोराहीको नवौँ प्रतिनिधि सभा सम्पन्न

दाङ,२४ माघ । नेपाल शिक्षक संघ घोराही दाङको नवौ स्थानीय प्रतिनिधि सभा आज शनिबार घोराहीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष खिमप्रकाश पुरीको सभापतित्व एवं नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथी प्रदेश उपाध्यक्ष पाण्डेयले शिक्षकहरुको एकताबाट मात्रै पेशागत हकहित सुरक्षित गर्न सकिने … Continue reading नेपाल शिक्षक संघ घोराहीको नवौँ प्रतिनिधि सभा सम्पन्न

थप पढ्नुहोस् »

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल कोर्डिनेटर बिन्दु न्यौपानेको सभापतित्व तथा Inspirer Foundation सिईयो इन्द्र कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।प्रशिक्षण कार्यक्रममा डिभाइन फाउन्डेसनका सीइओ … Continue reading डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

थप पढ्नुहोस् »

जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

दाङ, १७माघ । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा दाङ जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा विज्ञान संकायतर्फ … Continue reading जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

थप पढ्नुहोस् »

दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धेको प्रमुख आतिथ्यता एवं कलेजका सञ्चालक विमल रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि केशव राज पार्धेले जीवन … Continue reading दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

थप पढ्नुहोस् »

ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु ।विद्यालयको वार्षिकोत्सवका अवसरमा ज्ञानज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जसले आफ्ना सिर्जनाहरुलाई देशको भविष्यसंग जोडेका थिए। प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले फरक–फरक समुहमा विद्यालय … Continue reading ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

थप पढ्नुहोस् »

तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले मावि तुलसीपुर सेन्टर सामुदायिक विद्यालयप्रतिको सोच बदल्ने … Continue reading तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

थप पढ्नुहोस् »