समाचार

कैलाली कारागारबाट सातसय कैदीबन्दी भागे

कैलाली,२४ भदौ । कैलाली कारागारबाट सात सयभन्दा धेरै कैदीबन्दी भागेका छन् । जेन–जी प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै कारागारबाट उनीहरू फरार भएका छन् ।  थप पढ्नुहोस

अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित…  थप पढ्नुहोस

प्रर्दशनकारीले पुरातत्व विभागको सरक्षण गर्दै भने: ‘यो हाम्रो इतिहास हो’

काठमाडौँ,२४ भदौ । प्रदर्शनकारीहरूले काठमाडौँको रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने…  थप पढ्नुहोस

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको अनुरोध

काठमाडौँ,२४ भदौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र…  थप पढ्नुहोस

देउवा दम्पतिमाथि आक्रमण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ । बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् । देउवाको टाउकोमा चोट लागेको…  थप पढ्नुहोस

अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

काठमाडौँ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको माग गर्दै अबको नेतृत्व जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै उनले मंगलबार आन्दोलनकारीलाई संयमित…  थप पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं ,२४ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गर्ने तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित आसपासका क्षेत्रमा लगातार आगलागी भइरहेका र अन्य प्रतिकूल…  थप पढ्नुहोस

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायधीश सडकमा

काठमाडौ,२४ भदौ । जेन जीमाथि सरकारको दमनविरूद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् । उनीसँगै कलाकारहरूको टोली पनि उपस्थित छ । उनीहरूले राजधानीका अस्पतालमा घाइतेहरूको अवस्था बुझ्ने कलाकार मनोज गजुरेलले…  थप पढ्नुहोस

एमालेको पार्टी कार्यालयमा आगजनी

काठमाडौँ,२४ भदौ । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ। जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका( ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्। प्रशासनले कर्फ्यु लगाएपनि…  थप पढ्नुहोस

प्रचण्ड निवासमा आगजनी

काठमाडौँ ,२४ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जेन्जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। ललितपुरस्थित खुमलटारमा रहेको निवासमा सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology