समाचार

घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

दाङ,१३ फागुन। दाङको घोराहीस्थित भरतपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माण कार्य सुरु भएको छ। घोराहीको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा संस्थानको पाँच तले, २० कोठे भवन निर्माण थालिएको हो। करिब २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि झन्डै २१ करोड रुपैयाँको लगानी रहने जनाइएको छ। … Continue reading घोराहीमा इन्जिनियरिङ भवन निर्माण सुरु

थप पढ्नुहोस् »

चुनावमा बालबालिकाको प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ,१२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई उक्त आग्रह गरेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गरिएको छ। शान्तिसुरक्षामा असर पार्ने गतिविधि … Continue reading चुनावमा बालबालिकाको प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

थप पढ्नुहोस् »

तीनदिन सार्वजनिक बिदा

दाङ,१२ फागुन । सरकारले तीनदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचनको दिनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक सहभागितामूलक बनाउन यस्तो निर्णय … Continue reading तीनदिन सार्वजनिक बिदा

थप पढ्नुहोस् »

मानव अधिकार र शान्तिपूर्ण निर्वाचनमा जोड : प्रधानमन्त्री कार्की

दाङ,१२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु रहेको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन्। सन् २०२६ का लागि … Continue reading मानव अधिकार र शान्तिपूर्ण निर्वाचनमा जोड : प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

सावित्रा ‘साम्बा’को उपचारमा कांग्रेसले पाँच लाख सहयोग गर्ने

काठमाडौं,१२ फागुन । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई फोनमार्फत खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराइने जानकारी गराएका हुन्। शर्माले सामाजिक सञ्जालमार्फत देशको … Continue reading सावित्रा ‘साम्बा’को उपचारमा कांग्रेसले पाँच लाख सहयोग गर्ने

थप पढ्नुहोस् »

रुकुम पूर्वमा कर्मचारी विवाद : मतदान अधिकृतले त्यागे जिम्मेवारी

रुकुम पूर्व ,१२ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्वमा कर्मचारी खटनपटनलाई लिएर विवाद चर्किएको छ। पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई तोकिएको मतदान अधिकृतको जिम्मेवारी अस्वीकार गरेका छन्। जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा पत्र बुझाउँदै उनले शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै भूमे–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुन्वाङको … Continue reading रुकुम पूर्वमा कर्मचारी विवाद : मतदान अधिकृतले त्यागे जिम्मेवारी

थप पढ्नुहोस् »

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

काठमाडौं,१२ फागुन । अमेरिकामा एक नेपाली परिवारमा बिभत्स हत्या भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फायरफक्स शहरमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा बिभत्स हत्या भएको हो। स्थानीय प्रहरीका अनुसार पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा बस्दै आएका छत्रबहादुर थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा ज्वाइँ सन्तोष कुमार … Continue reading अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या: ज्वाइँ गम्भीर घाइते

थप पढ्नुहोस् »

अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम

दाङ,१२ फागुन । महिलाको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले दाङमा अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम सुरु गरिएको छ। ओरेक नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको तालिममा दाङ र बाँकेका करिब ३० जना महिलाको सहभागिता रहेको छ। तालिममा तुलसीपुर र घोराही उपमहानगरपालिका, शान्तिनगर तथा गढवा गाउँपालिकासहित विभिन्न स्थानीय तहमा सक्रिय महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा समुदायस्तरमा काम … Continue reading अन्तरपुस्ता महिलावादी नेतृत्व विकास तालिम

थप पढ्नुहोस् »

आम जनता पार्टीकी उम्मेदवार नेकपामा प्रवेश

दाङ,११ फागुन । दाङ क्षेत्र नं. ३ मा आम जनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। सोमबार आयोजित चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई दाङ–३ का नेकपा उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका थिए। कार्यक्रम नेकपा तुलसीपुर–९ को आयोजनामा सम्पन्न भएको हो। चुनावी सभालाई सम्बोधन गर्दै मास्कीले … Continue reading आम जनता पार्टीकी उम्मेदवार नेकपामा प्रवेश

थप पढ्नुहोस् »

नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते

काठमाडौं,११ फागुन । नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घाइतेमध्ये दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार रहेका छन्। नेपाली … Continue reading नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते

थप पढ्नुहोस् »