समाचार

जेनजी युवामाथि कुटपिट आरोपमा दुई वडाध्यक्ष पक्राउ

काठमाडौ,४ मंसिर । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको अभियोगमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष रहेका उनीहरूले हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवामाथि कुटपिट गरेको आरोप लागेको छ। … Continue reading जेनजी युवामाथि कुटपिट आरोपमा दुई वडाध्यक्ष पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीमा सचिवालय कटौती रोकियो: संघीय निर्देशन कार्यान्वयनमा अन्योल

दाङ,४ मंसिर ।जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले संघीय र प्रदेश तहमा अनुत्पादक खर्च घटाउन निर्देश दिएपछि लुम्बिनी प्रदेशमा सचिवालय कटौतीको प्रक्रिया असमानरूपमा अघि बढेको देखिएको छ। प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले भने आफ्नै पाँच सदस्यीय सचिवालय मंसिर १ गतेदेखि लागू हुनेगरी विघटन गरेका छन्। स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सहायक, सवारी चालक र कार्यालय सहयोगी … Continue reading लुम्बिनीमा सचिवालय कटौती रोकियो: संघीय निर्देशन कार्यान्वयनमा अन्योल

थप पढ्नुहोस् »

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान ,४ मंसिर ।सल्यानमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। छत्रेश्वरी–६ गोदेका २५ वर्षीय ट्याक्टर चालक देवेन्द्र सिंह रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार रा १ त २४३८ नम्बरको ट्याक्टर छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट लान्तीतर्फ जादै गर्दा बुधबार राति करीब सवा ८ बजे ढोरलाचौर नजिकै दुर्घटनामा परेको थियो। अनियन्त्रित … Continue reading सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

सतबिउ छर्न गएका एकजनाको मृत्यु

काठमाडौ,३ मंसिर ।सुनसरीको रामधुनी मन्दिरमा लागेको बालाचतुर्दशी मेलामा सतबिउ छर्न पुगेका एक पुरुषको नुहाउने क्रममा मृत्यु भएको छ। मोरङ सुन्दरहरैँचा–३ का देवेन्द्र भट्टराई बुधबार बिहान सतबिउ छर्ने क्रममा मन्दिर नजिकैको सुनसरी खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जिव ओलीका अनुसार देवेन्द्रसहित तीन जना खोलामा पसेका थिए। एक जनालाई तत्कालै … Continue reading सतबिउ छर्न गएका एकजनाको मृत्यु

थप पढ्नुहोस् »

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रस्टाचारको मुद्दा दर्ता

काठमाडौ,३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। शिक्षकको जागिर मिलाइदिने भन्दै दुवैले साढे ४ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परिएका थिए। अनुगमन तथा अनुसन्धानपछि उनीहरूले घुस रकम लिएको प्रमाणित भएको आयोगले जनाएको छ। अख्तियारले दुवैलाई … Continue reading प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रस्टाचारको मुद्दा दर्ता

थप पढ्नुहोस् »

आठदिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

दाङ,३ मंसिर । कपिलवस्तुमा ८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने नारासहित उक्त तालिम सम्पन्न भएको हो नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत प्रो पब्लिकले विगत तीन वर्षदेखि स्थानीय तहमा उत्पन्न विवादहरूलाई समूदायकै सहभागितामा दीगो रूपमा समाधान … Continue reading आठदिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

थप पढ्नुहोस् »

चार महिनामा ८० प्रतिशत राजस्व संकलन

काठमाडौ,३ मंसिर । तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ८०.२५ प्रतिशत मात्र संकलन भएको कर अधिकृत उपेन्द्र पुन मगरले जानकारी दिए। गत वर्षको यही अवधिमा कार्यालयले … Continue reading चार महिनामा ८० प्रतिशत राजस्व संकलन

थप पढ्नुहोस् »

विमानस्थलबाटै फर्किए सिमरा हिडेका नेता

काठमाडौ,३ मंसिर । बारामा असहज परिस्थिति सिर्जना भएपछि एमाले नेताहरू काठमाडौं फर्किएका छन्। बुधबार बिहान सिमरामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमरातर्फ जान लागेका थिए। तर उनीहरूको आगमनको जानकारी पाएपछि जेनजी युवाहरूले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रण … Continue reading विमानस्थलबाटै फर्किए सिमरा हिडेका नेता

थप पढ्नुहोस् »

सिहंदरबार सर्दै स्वास्थ मन्त्रालय

काठमाडौ,३मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबारदेखि सिंहदरबार परिसरबाटै सेवा प्रवाह गर्न लागिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सिंहदरबारको दक्षिण–पश्चिम भागमा रहेका नेपाली सेनाको नर्सिङ दल गणले आफ्नो कार्यालय उत्तरतर्फ सारेसँगै खाली भएको जग्गामा अस्थायी प्रिफ्याब भवन निर्माण गरिएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा तयार पारिएका ६ वटा प्रिफ्याब भवनमा बिहीबारदेखि … Continue reading सिहंदरबार सर्दै स्वास्थ मन्त्रालय

थप पढ्नुहोस् »

सिमरा विमानस्थलका सबै उडान रद्द

काठमाडौ,३ मंसिर । सिमरा विमानस्थलमा बुधबारका सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको कारण वातावरण तनावग्रस्त बनेपछि उडान स्थगित गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ। बुद्ध एयरले काठमाडौं–सिमरा रुटमा दैनिक पाँच उडान भर्दै आएकोमा बुधबार बिहान ९ बजे भएको एक उडान बाहेक बाँकी चार उडान रद्द गरिएको कम्पनीले … Continue reading सिमरा विमानस्थलका सबै उडान रद्द

थप पढ्नुहोस् »