समाचार

कर्णालीका दुर्गम बस्तीमा पहिलोपटक 4G सेवा

काठमाडौ,३ मंसिर । नेपाल टेलिकमले कर्णालीका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा विस्तार गर्दै नयाँ स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड–३ र ६ मा 2G तथा 4G सेवा औपचारिक रूपमा सक्रिय गरिएका छन्। यसअघि दूरसञ्चार पहुँच सीमित रहेका सर्केगाड २, ३, ४ र ६ का गाउँबस्तीका उपभोक्ताले पहिलो … Continue reading कर्णालीका दुर्गम बस्तीमा पहिलोपटक 4G सेवा

थप पढ्नुहोस् »

कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो। विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। दुई … Continue reading कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

थप पढ्नुहोस् »

विश्वभरका वेबसाईटमा समस्या

काठमाडौ,२ मंसिर । प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक क्लाउडफ्लेयरमा उत्पन्न प्राविधिक गडबडीका कारण विश्वभरका वेबसाइटहरू प्रभावित भएका छन्। नेपालका पनि धेरै अनलाइन पोर्टल तथा सेवा प्रदायकहरू केही समयका लागि अवरुद्ध बनेका थिए। सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) सहित विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्म र नेपाली वेबसाइटहरूले ‘इन्टरनल सर्भर इरर’ जस्ता समस्या देखेका छन्। क्लाउडफ्लेयर साइबर सुरक्षादेखि ट्राफिक … Continue reading विश्वभरका वेबसाईटमा समस्या

थप पढ्नुहोस् »

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

काठमाडौ,२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) अनुसार उनलाई सचिव पदमा नियुक्त गरिएको हो। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई आजै पद तथा गोपनीयताको शपथ दिलाइने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा … Continue reading राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

थप पढ्नुहोस् »

विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

काठमाडौ,२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीले गुलाब चुनाव चिह्नको रूपमा पाएको छ। दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले आफ्नो पार्टी अब नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान लिएर … Continue reading विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

थप पढ्नुहोस् »

चितवन राइनोजसंग कर्णाली याक पराजित

काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्‍यो। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट … Continue reading चितवन राइनोजसंग कर्णाली याक पराजित

थप पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ,२ मंसिर । सोमवार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राख्न मिल्ने आदेश जारी गरेको हो। प्रसाईंले मंसिर ७ गतेदेखि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका थिए। … Continue reading दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

थप पढ्नुहोस् »

कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल

काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्। नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो। उनका … Continue reading कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल

थप पढ्नुहोस् »

१० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध

काठमाडौ,१ मंसिर । सरकारले एम्बुलेन्स सेवा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै, निर्धारित उमेर नाघेका एम्बुलेन्स चलाइएमा सञ्चालन अनुमति खारेज गरिने स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र भारत … Continue reading १० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध

थप पढ्नुहोस् »