समाचार

हात्तिखौवामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

दाङ, २१ कार्तिक । दुईवटा मोटरसाइकल आपसमा ठोकेर दुईजना घाइते भएका छन्। शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन् । घोराहीबाट तुलसीपुरतर्फ जादै गरेको भे १ ब १८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जादै गरेको रा ६ प ५२३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा भे १ … Continue reading हात्तिखौवामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

थप पढ्नुहोस् »

लिंक क्लिक गर्दा बैंकको पैसा गायब: तीनजना ‘स्क्यामर’ पक्राउ

काठमाडौ,२१ कार्तिक । सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर बैंक खाताबाट रकम ठगी गर्ने एक गिरोहका तीन सदस्यलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकन्द्री, र भारत बिहारका २६ वर्षीय आदित्य कुमार … Continue reading लिंक क्लिक गर्दा बैंकको पैसा गायब: तीनजना ‘स्क्यामर’ पक्राउ

थप पढ्नुहोस् »

इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो। यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य … Continue reading इराक र पाकिस्तानबाट मुक्त भए ४३३ अफगानी

थप पढ्नुहोस् »

१ लाख ३६ हजार नयाँ मतदाता

काठमाडौ,२१ कार्तिक । देशभर १ लाख ३६ हजार ६० जना नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भएका छन्। निर्वाचन आयोगले असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सूचना जारी गरेको थियो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका हुन्। … Continue reading १ लाख ३६ हजार नयाँ मतदाता

थप पढ्नुहोस् »

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो। नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो। यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ … Continue reading काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

थप पढ्नुहोस् »

प्रचण्ड र खनाल बीच छलफल

काठमाडौ,२१ कार्तिक । नेकपा कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ। हात्तीवनस्थित प्रचण्डको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति र कम्युनिष्ट एकताको सम्भावनाबारे विस्तृत छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन्।

थप पढ्नुहोस् »

२१ जना सहसचिवको सरुवा (विवरणसहित)

काठमाडौ,२० कार्तिक । सरकारले २१ जना सहसचिवहरूको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ती सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो। सरुवा भएकामध्ये १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका अधिकारी रहेका छन्।

थप पढ्नुहोस् »

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

काठमाडौ,२० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता र कार्यकर्तासँग बोल्दै उनले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि संघर्ष अघि बढाउने बताएका हुन्। ओलीले भने, “यो असंवैधानिक … Continue reading देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो: ओली

थप पढ्नुहोस् »

बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौ ,२० कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध राष्ट्रिय युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ। संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार साइबर ब्युरोमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा बालेनले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत नेकपा एमालेसहितका राजनीतिक दलहरूलाई गाली गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयास गरेको आरोप लगाइएको छ। त्यस्तै, … Continue reading बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

थप पढ्नुहोस् »

यूकेका लागि नेपाली राजदूत घिमिरेको राजीनामा

काठमाडौ,२० कार्तिक । सरकारले ११ देशका नेपाली राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै युनाइटेड किंगडम (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका छन्। राजदूत घिमिरेले आफ्नो फेसबुकमार्फत यूकेलाई बिदा गरेको जानकारी दिँदै कार्यकालका क्रममा प्राप्त सम्मान र सहयोगका लागि आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “यूकेमा रहँदा पाएको सम्मान, सद्भाव … Continue reading यूकेका लागि नेपाली राजदूत घिमिरेको राजीनामा

थप पढ्नुहोस् »