समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

काठमाडौ,१२ कार्तिक ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा यात्रु भने थिएनन्।

थप पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापनाको मागसहित दायर रिटमाथि प्रारम्भिक सुनुवाइ आजबाट हुने तय भएको हो। उनका अनुसार संवैधानिक इजलासमा ती १६ वटा रिट निवेदनमाथि … Continue reading प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

थप पढ्नुहोस् »

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौ, ११ कार्तिक । केन्यामा यात्रुवाहक विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक सानो निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी विज्ञप्तिमा विमानमा १२ जना सवार रहेको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विमानमा सवार … Continue reading केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

थप पढ्नुहोस् »

प्रहरी कुटपिटमा संलग्न दुईजना पक्राउ

काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई … Continue reading प्रहरी कुटपिटमा संलग्न दुईजना पक्राउ

थप पढ्नुहोस् »

राष्ट्रिय सभाका सचिव डा.अर्यालको राजीनामा

काठमाडौ,११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड ९क० बमोजिम मिति … Continue reading राष्ट्रिय सभाका सचिव डा.अर्यालको राजीनामा

थप पढ्नुहोस् »

सर्वोच्चले तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने

काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतहरूमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा औपचारिक जाहेरी दिने तयारी गरेको छ। गत आइतबार बसेको सबै न्यायाधीशहरूको पूर्ण बैठक ९फूल कोर्ट० ले अदालतमा भएको क्षतिको सम्बन्धमा कानूनी उपचार खोज्ने र प्रहरीमार्फत दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सर्वोच्च … Continue reading सर्वोच्चले तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने

थप पढ्नुहोस् »

कार दुर्घटना हुदा एकजनाको मृत्यु

सिन्धुली,११ कार्तिक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर … Continue reading कार दुर्घटना हुदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले पार्टी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराउने प्रस्ताव गरेको छ। निवेदन बुझाएपछि प्रवक्ता प्रकाण्डले यो कदमले देशमा … Continue reading ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल निर्वाचन आयोगमा निवेदन दर्ता

थप पढ्नुहोस् »

आज देशभर बदली

काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही क्षेत्रमा मध्यम वर्षा र … Continue reading आज देशभर बदली

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा ध्वस्त सवारी साधन कवाडीमा बिक्री गर्ने तयारी

काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्। तर, ती गाडी कसरी र कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको भौतिक पूर्वाधार तथा … Continue reading जेनजी आन्दोलनमा ध्वस्त सवारी साधन कवाडीमा बिक्री गर्ने तयारी

थप पढ्नुहोस् »