समाचार

छोराले गरे सुतिरहेकी आमाको हत्या

सुर्खेत,१४ कार्तिक । सुर्खेतमा छोराले सुतिरहेकी आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ … Continue reading छोराले गरे सुतिरहेकी आमाको हत्या

थप पढ्नुहोस् »

सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम रूपमा गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।उनका अनुसार हालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमा कार्यरत दोस्रो … Continue reading सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

थप पढ्नुहोस् »

बिपी राजमार्ग पुनर्निर्माणमा जापानको २ अर्ब ६० करोड अनुदान

काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ। गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका विभिन्न खण्डहरूको पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड रुपैयाँ बराबरको (२ अर्ब ८० करोड जापानी येन) अनुदान सहायता प्रदान गर्ने भएको … Continue reading बिपी राजमार्ग पुनर्निर्माणमा जापानको २ अर्ब ६० करोड अनुदान

थप पढ्नुहोस् »

सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने

काठमाडौ,१३ कार्तिक । सरकारले सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने भएको छ । आज बिहिबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्ययोजना बनाउन निर्णय गरेको हो। २०७८ साल भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधारका … Continue reading सरकारले ‘जेनजी सुधार कार्यक्रम’ कार्ययोजना ल्याउने

थप पढ्नुहोस् »

भिरबाट लडेर तीनजनाको मृत्यु

बैतडी,१३ कार्तिक । बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका९७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका९५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका९७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, … Continue reading भिरबाट लडेर तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

रवि र छविलालको मुद्दाको सुनुवाइ आजपनि स्थगित

काठमाडौ,१३ कार्तिक । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर, जोशीका … Continue reading रवि र छविलालको मुद्दाको सुनुवाइ आजपनि स्थगित

थप पढ्नुहोस् »

भाषण गर्दागर्दै ढलेका जीफन्टका उपाध्यक्ष गौतमको मृत्यु

दाङ,१३ कार्तिक । धर्ना कार्यक्रममा भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रमको भाषण गर्दा गर्दै ढलेका गौतमको मृत्यु भएको हो । उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतमको मृत्यु भएको हो। भाषण गर्दा गर्दै ढलेपछि … Continue reading भाषण गर्दागर्दै ढलेका जीफन्टका उपाध्यक्ष गौतमको मृत्यु

थप पढ्नुहोस् »

हतियार देखाएर लुटपाट गर्ने दुईजना पक्राउ

काठमाडौ, १३ कार्तिक । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्। काठमाडौँ उपत्यका … Continue reading हतियार देखाएर लुटपाट गर्ने दुईजना पक्राउ

थप पढ्नुहोस् »

नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्। गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर, करिब आठ महिनामै उनले पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। राईका … Continue reading नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

थप पढ्नुहोस् »

नेपालमा ‘मोन्था’को असर: शुक्रबारसम्म पानी पर्ने

दाङ,१३ कार्तिक ।बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको यस चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ। वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। उनका अनुसार चक्रवातसँगै … Continue reading नेपालमा ‘मोन्था’को असर: शुक्रबारसम्म पानी पर्ने

थप पढ्नुहोस् »