समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची,३० असोज । अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गएराति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए। मृत्यु हुनेमा पाणिनी गाउँपालिका–५ … Continue reading मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

थप पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो। गत असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि खड्काको अध्यक्षतामा आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।

थप पढ्नुहोस् »

संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ। ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त रूपमा असोज २९ गते युकेमा आयोजना गरेको नेपाल–युके एजुकेसन अवार्ड–२०२५ कार्यक्रममा संस्कार पाठशालालाई उक्त अवार्ड प्रदान गरिएको हो। विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, … Continue reading संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

थप पढ्नुहोस् »

निर्वाचन तयारीबारे दलहरूसँग आयोगको छलफल

काठमाडौँ ,३० असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई छलफलका लागि पत्राचार गरेको थियो। छलफलमा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु … Continue reading निर्वाचन तयारीबारे दलहरूसँग आयोगको छलफल

थप पढ्नुहोस् »

गुडिरहेको बसमा आगलागी, २० जनाको मृत्यु

काठमाडौ,३० असोज । पश्चिमी भारतको राजस्थान राज्यमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्। राजधानी जयपुरदेखि करिब ५ सय ५० किलोमिटर टाढा जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै गुडिरहेको बसमा अचानक आगलागी भएको थियो। बसमा ५७ जना यात्रु सवार थिए। अधिकारीहरूका अनुसार, बसको पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि … Continue reading गुडिरहेको बसमा आगलागी, २० जनाको मृत्यु

थप पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं,३० असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। बिहान ८ बजे सुरु गर्ने भनिए पनि बैठक केही ढिला गरी सुरु गरिएको हो। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको एमालेले जनाएको छ। बुधबारको पहिलो दिनको बैठकमा … Continue reading एमाले केन्द्रीय कमिटीको बैठक सुरु

थप पढ्नुहोस् »

नेपालसंग ३८ रनले  स्तब्ध भयो ओमान , तालिकाको शीर्ष स्थान पुग्यो नेपाल

काठमाडौँ , ३० असोज ।  ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो । सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । … Continue reading नेपालसंग ३८ रनले  स्तब्ध भयो ओमान , तालिकाको शीर्ष स्थान पुग्यो नेपाल

थप पढ्नुहोस् »

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति  लामिछानेले दिए राजीनामा

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन । घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन । लामिछानेको आउँदो फागुनमा आफ्नो … Continue reading राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति  लामिछानेले दिए राजीनामा

थप पढ्नुहोस् »

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको  लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले … Continue reading नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

थप पढ्नुहोस् »

राप्ती प्रतिष्ठामा विरामी बढे , विरामीलाई बेड पाउनै मुस्किल  

दाङ,२९ असोज ।  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ ।  उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव भएको अस्पताल्ले जनाएको छ ।  दैनिक ९ सय जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन । त्यस्मा आधा बिरामीभर्ना हुने प्रकारका आउने गरेको  अस्पतालको … Continue reading राप्ती प्रतिष्ठामा विरामी बढे , विरामीलाई बेड पाउनै मुस्किल  

थप पढ्नुहोस् »