समाचार

वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

काठमाडौ,१० असोज । सडक विभागले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाएर सुधारको काम सकिएपछि यात्रुलाई अब सास्ती नहुने विभागले दाबी गरेको हो। यसअघि पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको थियो। मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरूलाई … Continue reading वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

थप पढ्नुहोस् »

सबै नेताको सम्पत्ति सार्वजनिक गर्न प्रचण्डको घोषणा

काठमाडौ,१० असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “अब पुरानै ढङ्गले … Continue reading सबै नेताको सम्पत्ति सार्वजनिक गर्न प्रचण्डको घोषणा

थप पढ्नुहोस् »

दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

काठमाडौं,१० असोज । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले अब ६० दिनभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने भएको छ। प्राधिकरणले हालै संशोधित दर्ता अभिलेखीकरण मापदण्ड २०८२ लागू गर्दै दर्ता नगर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको हो। यससँगै ३० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने सहकारीले दर्ता अनिवार्य रूपमा गर्नुपर्नेछ। दर्ता गर्दा १ … Continue reading दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

थप पढ्नुहोस् »

मन्त्रिपरिषद्का १९ निर्णयहरु

काठमाडौं ,१० असोज । मन्त्रिपरिषद्को बैठकले १९ बुँदे निर्णय गरेको छ । बिहीवार गरिएका ती निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार पहिलो बुँदामा नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । सो नियमावलीअनुसार … Continue reading मन्त्रिपरिषद्का १९ निर्णयहरु

थप पढ्नुहोस् »

घर भत्किदा एकजनाको मृत्यु

काठमाडौ,१० असोज । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए। काठको संरचना र टायलले छाएको उक्त घरमा एक्लै बस्दै आएका परियार सँधै त्यही घरमै सुत्ने गरेका थिए। बिहीबार राति घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको … Continue reading घर भत्किदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं,१० असोज । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका सम्पूर्ण सम्झौता सम्पन्न गरेको छ। सम्झौताअनुसार आशिश-बोज्लर संयुक्त उपक्रमले लप्सीफेदी सबस्टेसनदेखि रातमाटे हुँदै नयाँ हेटौंडा सबस्टेसनसम्म ११७ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ। करिब ७६६.५० लाख अमेरिकी डलर लागतको यो ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दिइएको हो। हस्ताक्षर कार्यक्रममा … Continue reading एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

थप पढ्नुहोस् »

बिमा प्राधिकरणका अध्यक्षले लिए सपथ

काठमाडौँ,१० असोज । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । नव नियुक्त शर्माले अर्थमन्त्री रामेश्वर खनालबाट आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को बिहीबारको निर्णयबाट शर्मा सो पदमा नियुक्त भएका थिए। शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

थप पढ्नुहोस् »

फरार कैदीमध्ये ८ हजारभन्दा बढी फर्किए, अझै छ हजार बढी फरार

काठमाडौ,१० असोज । जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना फर्किएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये सात हजार ७१३ जना कारागारका र ३४१ जना सुधारगृहका कैदीबन्दी छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केही कैदी आफैं कारागारमा फर्किएका हुन् भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। तर, अझै छ … Continue reading फरार कैदीमध्ये ८ हजारभन्दा बढी फर्किए, अझै छ हजार बढी फरार

थप पढ्नुहोस् »

चाडपर्वमा हवाई भाडा नबढाउन सरकारको आग्रह

काठमाडौं,१० असोज । सरकारले दशैँ–तिहार लगायतका चाडपर्वमा हवाई भाडा नबढाउन सबै वायु सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रबार चाडपर्वलाई लक्षित गरी यात्रुहरूलाई थप आर्थिक बोझ नपरोस् भनेर हवाई भाडादर नियन्त्रणमा राख्न भनिएको जानकारी दिए। उनका अनुसार, सरकारले तोकेको अधिकतम भाडाभन्दा कम दरमा टिकट उपलब्ध गराउन वायु … Continue reading चाडपर्वमा हवाई भाडा नबढाउन सरकारको आग्रह

थप पढ्नुहोस् »

भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा

काठमाडौँ,१० असोज । भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ। शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन्। नेपाल र भारतबीच कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल हुने तय भएको छ। घोषित प्रारम्भिक टोलीमा गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, … Continue reading भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा

थप पढ्नुहोस् »