जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोग गठन
काठमाडौं ,५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्। जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।