समाचार

मन्त्री पाउने विषयमा विवाद, केही शपथ एक घण्टा ढिला

काठमाडौं,६ असोज । अन्तरिम सरकारले केही मन्त्रीहरूको शपथ कार्यक्रम एक घण्टा सरेको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री पाउने विषय भने अझै अनिश्चित छ। पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको विषयमा विवाद बढेपछि निर्णय ‘होल्ड’ गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरू भने निर्धारित समय अनुसार साँझ ३ बजे … Continue reading मन्त्री पाउने विषयमा विवाद, केही शपथ एक घण्टा ढिला

थप पढ्नुहोस् »

झुठा विवरण पेश गरी नागरिकता दिलाउन पठाउने वडाध्यक्ष पक्राउ

मलंगवा,६ असोज । झुठा विवरण पेश गरी शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चारजनाको नागरिकता बनाउन सिफारिस गरेको प्रमाणसहित वडाध्यक्ष यादवलाई असोज ५ गते नियन्त्रणमा लिइएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार जिल्ला प्रशासन कार्यालय … Continue reading झुठा विवरण पेश गरी नागरिकता दिलाउन पठाउने वडाध्यक्ष पक्राउ

थप पढ्नुहोस् »

१९ किलोबढी चरेस बरामद

काठमाडौं,६ असोज । पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ। पोखरिया नगरपालिका–७ जगतपुर गाउँमा रहेको बाख्रा राख्ने छाप्रोभित्र कालो झोलामा लुकाइ राखिएको अवस्थामा १९ किलो १२६ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ। विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले उक्त चरेस बरामद गरेको हो। बरामद सामग्री इलाका … Continue reading १९ किलोबढी चरेस बरामद

थप पढ्नुहोस् »

विद्युतीय कारोबार प्रणाली आरटीजिएस बन्द नहुने

काठमाडौँ ,६ असोज । घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानीका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा रहने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस सञ्चालन हुनेछ। राष्ट्र बैंकले सूचना जारी गर्दै सार्वजनिक बिदा भए पनि ठूलो मूल्य तथा अति जरुरी भुक्तानी कारोबारका लागि … Continue reading विद्युतीय कारोबार प्रणाली आरटीजिएस बन्द नहुने

थप पढ्नुहोस् »

मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता कौशल मिश्र अन्तिम घडीमा सूचीबाट हटेकी छन्। कार्कीले मिश्रसहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी मुद्दा गम्भीर रूपमा उठेपछि आज बिहानै उनको नाम काटेर चार जनाको मात्र नाम पुनः राष्ट्रपति रामचन्द्र पौडेलकहाँ … Continue reading मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

थप पढ्नुहोस् »

आजदेखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला

काठमाडौं ,६ असोज । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। चाडपर्वको बेलामा सार्वजनिक यातायात सहज रूपमा सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो। महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार रुट परमिट खुला गरेसँगै अब गन्तव्यसम्म जान सार्वजनिक सवारी साधनले छुट्टै रुट लिनु नपर्नेछ। तर, विशेष … Continue reading आजदेखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला

थप पढ्नुहोस् »

आजदेखि बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान ९ः१३ बजे

काठमाडौं,६ असोज। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइन्छ। बडादसैँको पहिलो दिन घटस्थापना गर्ने परम्परा छ। आज बिहानै नित्यकर्म सम्पन्न गरी घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गादेवीको आह्वानसहित पूजा आरम्भ गरिएको छ। पूजाकोठा वा दसैँघरमा … Continue reading आजदेखि बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान ९ः१३ बजे

थप पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता एआईजी केसीलाई सीआईबीको जिम्मा

काठमाडौं,५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको दबाबका कारण उनी यसअघि जिम्मेवारीबाट हटाइएका थिए । केसी … Continue reading भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता एआईजी केसीलाई सीआईबीको जिम्मा

थप पढ्नुहोस् »

माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ, ५ असोज ।  नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ … Continue reading माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गर्ने

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणबाट शाक्यलाई हटाएर सिलवाललाई कार्यकारीको जिम्मा

काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणको निर्देशकका रूपमा रहेका हितेन्द्र शाक्यलाई हटाइएको छ। शाक्यलाई हटाएसँगै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत … Continue reading विद्युत प्राधिकरणबाट शाक्यलाई हटाएर सिलवाललाई कार्यकारीको जिम्मा

थप पढ्नुहोस् »