after_navbar

कारागारबाट छुटेकै दिन श्रीमतीको हत्या


कार्तिक २६, २०८२


पर्वत,२५ कार्तिक । पर्वतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक पुरुषले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्।

५१ वर्षीय जीतबहादुर विकले सोमबार राति ५२ वर्षीया श्रीमती सीता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। कुटपिटबाट बेहोस भएकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक सीताको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार नै श्रीमतीले धरौटी तिरेपछि छुटेका थिए।

घर पुगेकै दिन साँझ खाना खाइसकेपछि उनले श्रीमतीमाथि आक्रमण गरेका थिए।

घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। त्यसपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर स्थानीयले नियन्त्रणमा लिएर थुनेका जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए।

मृतकका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="