समाचार

कारागार नबन्दा प्रहरी समस्यामा

काठमाडौ,८ असोज । सङ्घीयतापछि नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लामा हालसम्म कारागार निर्माण हुन सकेको छैन। कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा समस्या भइरहेको नवलपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका व्यक्तिलाई अन्य जिल्लामा लैजानुपर्ने बाध्यता छ। यस क्रममा जनशक्ति, सवारीसाधन र खर्च व्यवस्थापनमा समेत समस्या … Continue reading कारागार नबन्दा प्रहरी समस्यामा

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक पहिरो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,८ असोज । मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो ४ः५० बजे चितवनको इच्छाकामना–५ तुइन खोलाको पुल नजिकै ठूलो पहाड खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान सार्वजनिक गरेको सूचनामा पहिरो पन्छाउन दिनभर समय लाग्ने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको … Continue reading मुग्लिन-नारायणगढ सडक पहिरो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक खुल्न तीनदिन लाग्ने

काठमाडौं,७ असोज । मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन–नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। चितवनको इच्छाकामना–५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ५ बजेतिर पहाडको ठूलो हिस्सा खसेपछि यातायात आवागमन अनिश्चित बनेको हो। सडक विभागका महानिर्देशक डा. विजय जैशीले पहिरोको आकार निकै ठूलो भएकाले पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान … Continue reading मुग्लिन-नारायणगढ सडक खुल्न तीनदिन लाग्ने

थप पढ्नुहोस् »

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्। दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने … Continue reading नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

थप पढ्नुहोस् »

जुम्ला कारागारबाट भागेका ११ कैदी अझै फरार

जुम्ला,७ असोज । भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ मध्ये ३० जना कैदी फर्किएका छन् भने ११ जना अझै फरार रहेका छन्। फर्किएकामध्ये ५ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीका अनुसार सुरुवाती चरणमा कैदीलाई सहजै फर्किन आग्रह गरिएको भए पनि अब प्रहरी कडाइपूर्वक खोजीमा लागेको छ। फरारकै … Continue reading जुम्ला कारागारबाट भागेका ११ कैदी अझै फरार

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबिच छलफल

काठमाडौँ,७ असोज। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले चुनावको तयारीका विषयमा आयोगका पदाधिकारीसंग छलफल गरेकी हुन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आउँदो फागुन २१ गतेका लागि चुनाव तोकिएको सन्दर्भमा त्यसका लागि आवश्यक कानून संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख … Continue reading प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबिच छलफल

थप पढ्नुहोस् »

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं,७ असोज । पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुब्दा मंगलबार दुई बालिकाको मृत्यु भएको हो । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी नुहाउने क्रममा पोखरीमा डुबेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, … Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

थप पढ्नुहोस् »

अभिषेकको अपहरणपछि हत्या: पाँचजना पक्राउ

काठमाडौं,७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। “अहिले नै संलग्न यही हो भन्न सकिने अवस्था छैन, तर छिट्टै अपराधमा संलग्नलाई कानुनी दायरामा … Continue reading अभिषेकको अपहरणपछि हत्या: पाँचजना पक्राउ

थप पढ्नुहोस् »

गड्डाचौकीमा सवारीसाधनमा ‘टाइम कार्ड’

काठमाडौं,७ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ अनुसार महेन्द्रनगर बजारसम्म मात्र आउने–जाने अनुमति दिने गरी यो व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उनका अनुसार यस प्रणालीले सीमा नाका हुँदै भित्रिने … Continue reading गड्डाचौकीमा सवारीसाधनमा ‘टाइम कार्ड’

थप पढ्नुहोस् »

गायक चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र “हाँसि देउन” म्युजिक भिडियो सार्वजनिक

तुफानबाबु श्रेष्ठ,७ असोज । बाल्यकाल देखिनै सल्यान जिल्लाबाट आफ्नो साङ्गितिक यात्रालाई निरन्तरता दिईरहेका गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र सोही एल्बमको “हाँसि देउन” बोलको म्युजिक भिडियो राजधानीमा आयोजित विशेष समारोहका बीच लोकार्पण गरिएको छ। कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह, प्रख्यात गीतकार लोकराज अधिकारी र सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतका अतिथिहरूले संयुक्त रुपमा … Continue reading गायक चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र “हाँसि देउन” म्युजिक भिडियो सार्वजनिक

थप पढ्नुहोस् »