समाचार

खुल्यो अवरुद्ध राजमार्ग

काठमाडौँ,१ असोज । मंगलबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको शुभकालिका–१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो । पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । गगने खोलामा … Continue reading खुल्यो अवरुद्ध राजमार्ग

थप पढ्नुहोस् »

मन्त्री छनौटका विषयमा छलफल

काठमाडौँ,१ असोज । मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्। भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने ग री छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री … Continue reading मन्त्री छनौटका विषयमा छलफल

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्की र मोदीबिच टेलफोन वार्ता हुने

काठमाडौँ,३१ दाङ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए । जेनजी आन्दोलनपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

थप पढ्नुहोस् »

गाजा शहरमा इजरायलको बमबारी

काठमाडौँ,३१ भदौ । गाजा शहरमा इजरायलले भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् । मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर … Continue reading गाजा शहरमा इजरायलको बमबारी

थप पढ्नुहोस् »

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने

दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले दिवस औपचारिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिएका छन् । कार्यक्रम बिहान ८ बजे आयोजना गरिनेछ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेश मातहतका … Continue reading लुम्बिनीमा असोज ३ गते संविधान दिवस मनाइने

थप पढ्नुहोस् »

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

काठमाडौं,३१ भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना व्यक्त गर्दै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरे। सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको … Continue reading राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

थप पढ्नुहोस् »

बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले गठन गर्‍यो कार्यदल

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ। बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री यस कार्यदलमा छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद … Continue reading बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले गठन गर्‍यो कार्यदल

थप पढ्नुहोस् »

प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’

दाङ,३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न गरेको प्रस्तवलाई वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले अस्वीकार गरेका छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले मन्त्री बन्न आग्रह गरेकी थिइन्। तर, रुइतले अस्पतालको जिम्मेवारी र बिरामी छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्। ‘यहाँ अस्पतालमा छु। यत्रो काम छ, यहाँ छाडेर आउने … Continue reading प्रधानमन्त्रीलाई डा. रुइतको जवाफ–‘ बिरामीलाई छाडेर म मन्त्री बन्दिन’

थप पढ्नुहोस् »

सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक भएका छन् । उनी जेनजी आन्दोलका क्रममा जलाइएको पार्टीको मुख्यालय पेरिसडाँडामा भवन अवलोकनल गर्ने क्रममा सार्वजनिक भएका हुन्। भवनको अवलोकन गर्दै उनले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गरेका छन्। । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उनको भनाइ छ … Continue reading सार्वजनिक भए प्रचण्ड: पार्टीको भवन भव्य बनाउने

थप पढ्नुहोस् »

२६ वर्षीय युवती मृत्त फेला

खोटाङ,३१ भदौ । खोटाङमा एक युवती मृत्त फेला परेकी छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक युवती मृत फेला परेकी हुने । सोही पालिकाकी वडा नं ४ बतासे बस्ने अन्दाजी २६ वर्षीया रेस्मिका परियार स्थानीय मार्से जंगलमा भदौ ३० गते राति मृत फेला परेकी हुन् । अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल … Continue reading २६ वर्षीय युवती मृत्त फेला

थप पढ्नुहोस् »