समाचार

सुन भन्दै ७१ लाखमा फलाम बेच्ने तीनजना पक्राउ

काठमाडौं ,३ कार्तिक । सुन भन्दै फलामको ढिक्का देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा उक्त गिरोहलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत असोज २३ गते पीडित … Continue reading सुन भन्दै ७१ लाखमा फलाम बेच्ने तीनजना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

दाङ,२कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ख लाइनमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। आइतबार साँझ करिब ५ बजे प्रहरीले हेमराज खड्काको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा हेमराज खड्का, श्रीधर रजौरे, अम्मर कुमार शर्मा, प्रमोद गौतम र वकिल केसी रहेका छन्।प्रहरीले घटनास्थलबाट १ गड्डी तास र नगद रु. ५५ हजार … Continue reading तुलसीपुरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

थप पढ्नुहोस् »

ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

काठमाडौं,२ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ। आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग भाडा छुटबारे सहमति भएको हो। निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा अधिकतम भाडाको ५० प्रतिशत, ७५ वर्षभन्दा माथिलाई ७० प्रतिशत र … Continue reading ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

थप पढ्नुहोस् »

यस्तै अराजकता भइरहे म प्रधानमन्त्री फर्किन्छु: ओली

काठमाडौं,२कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, “यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन्, किन सहने? अरुबाट केही … Continue reading यस्तै अराजकता भइरहे म प्रधानमन्त्री फर्किन्छु: ओली

थप पढ्नुहोस् »

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा,२ कार्तिक । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन्। उनलाई आज दिउँसो अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय … Continue reading माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

थप पढ्नुहोस् »

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ। योसँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन्। सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा … Continue reading फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

थप पढ्नुहोस् »

मलामी बोकेको ट्याक्टर दुर्घटना: तीनजनाको मृत्यु ,१२ जना घाइते( विवरणसहित)

कैलाली,२ कार्तिक । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद … Continue reading मलामी बोकेको ट्याक्टर दुर्घटना: तीनजनाको मृत्यु ,१२ जना घाइते( विवरणसहित)

थप पढ्नुहोस् »

प्रहरीको बर्दीखोली आक्रमण गर्न लगाउने घिसिङ पक्राउ

काठमाडौँ ,२ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्न लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जेन-जी प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्तिलाई पक्राउ गरिएको छ ।   जेन-जी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेजका आधारमा घिसिङलाई पक्राउ … Continue reading प्रहरीको बर्दीखोली आक्रमण गर्न लगाउने घिसिङ पक्राउ

थप पढ्नुहोस् »

विप्लवको प्रस्ताव : ५ सय र हजारका नोट बन्द गरौँ

काठमाडौ,२ कार्तिक । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभित्र कालोधन थुप्रिएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने बताएका हुन्। विप्लवले भने, “विदेशी वा स्वदेशी बैंकमा कालोधन लुकाइएको छ भने पनि छानबिन हुनुपर्छ। अहिले पैसा जनतासँग छैन, निष्क्रिय भएर बसेको छ। कानुनी … Continue reading विप्लवको प्रस्ताव : ५ सय र हजारका नोट बन्द गरौँ

थप पढ्नुहोस् »

पुर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौ,२ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो। आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने तयारीमा थिइन्। अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा मिश्रले खरिद प्रक्रियामा अनियमितता गरेकी … Continue reading पुर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा 

थप पढ्नुहोस् »