समाचार

कञ्चनपुरका ४५ घर डुबान: महाकालीमा जलस्तर बढ्दा आवागमन रोक

कञ्चनपुर, १६ भदौ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा ४५ घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। यस डुबानका कारण ७० जना विस्थापित भई नजिकैको विद्यालयमा सुरक्षित … Continue reading कञ्चनपुरका ४५ घर डुबान: महाकालीमा जलस्तर बढ्दा आवागमन रोक

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, १६ भदौ। वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये बारा कोल्हवी नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २६ वर्षीय कार्तिक कुमार चौधरीले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ असुलेका थिए। त्यस्तै, इलाम नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय मनोज दाहालले रसिया … Continue reading वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुईजना पक्राउ

थप पढ्नुहोस् »

बहुविवाह विवादपछि रास्वपाका उम्मेदवार डा. थापाको पत्रकार सम्मेलन स्थगित

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन बहुविवाहको विवादपछि स्थगित गरिएको छ। रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो। रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार रहेका थापाले बहुविवाह गरेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन रोकिन पुगेको हो। उनीमाथि बहुविवाहको आरोप … Continue reading बहुविवाह विवादपछि रास्वपाका उम्मेदवार डा. थापाको पत्रकार सम्मेलन स्थगित

थप पढ्नुहोस् »

एक महिनामा झण्डै ६ हजार मुद्दा दर्ता

दाङ,१६ भदौ । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्रै देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन्। प्रहरीद्वारा सार्वजनिक मासिक प्रदेशगत अपराध विवरणअनुसार सबैभन्दा बढी मुद्दा बागमती प्रदेशमा दर्ता भएका छन्। बागमती प्रदेशमा मात्रै काठमाडौं उपत्यकासहित २ हजार … Continue reading एक महिनामा झण्डै ६ हजार मुद्दा दर्ता

थप पढ्नुहोस् »

छात्रामाथि जबरजस्ती करणी गर्ने प्रधानाध्यापक पक्राउ

काठमाडौँ,१६ भदौ । आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका २ कन्चनजङ्गा टोलका युवराज श्रेष्ठ पक्राउ परेका हुन्। सोही ठाउँमा सञ्चालित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ४७ वर्षीय श्रेष्ठले बोर्डिङको कार्यकक्षभित्रै बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको … Continue reading छात्रामाथि जबरजस्ती करणी गर्ने प्रधानाध्यापक पक्राउ

थप पढ्नुहोस् »

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० भन्दा बढीको मृत्यु

काबुल, १६भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट लगभग १७ माइल टाढा रहेको थियो। जलालाबाद करिब २ लाख जनसंख्या भएको शहर हो, जुन राजधानी काबुलबाट सडकमार्गमार्फत १०० माइलभन्दा कम … Continue reading अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० भन्दा बढीको मृत्यु

थप पढ्नुहोस् »

विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च जोखिम

काठमाडौँ,१६ भदौ । नेपालका विभिन्न जिल्लाहरूमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ। दाङ, कञ्चनपुर, बाँके, डडेल्धुरा, बैतडी, दार्चुला, सुर्खेतलगायतका ठाउँहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कञ्चनपुरसहित केही स्थानहरूमा ठूलो पानी परेको महाशाखाले पुष्टि गरेको छ। पछिल्लो १२ घण्टामा कञ्चनपुरको दोधारा क्षेत्रमा एक सय ९२ मिलिमिटर वर्षा मापन गरिएको छ। जोगबुढास्थित … Continue reading विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च जोखिम

थप पढ्नुहोस् »

अवरुद्ध राजमार्ग खुलाउन विष्फोटको तयारी

दाङ,१६ भदौ । पहिरोका कारण कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । कालीकोटको शुभकालीका गाउँपालिका–१, गगने खोलामा पहिरो खस्दा तीन दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । सडकमा खसेको ठूलो ढुंगा हटाउन प्रयोग गरिएका मेसिनले सम्भव भएको छैन । सोमबार नेपाली सेनाको सहयोगमा सडक खुलाउने तयारी गरिएको छ । ढुंगा धेरै ठूलो भएकाले त्यसलाई विस्फोट … Continue reading अवरुद्ध राजमार्ग खुलाउन विष्फोटको तयारी

थप पढ्नुहोस् »

आज रातिदेखि राजमार्गमा सवारी चलाउन रोक

काठमाडौँ,१६ भदौ । मनसुन सक्रिय हुँदा राजमार्गमा रातको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । बिपी राजमार्गमा आज भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन चलाउन रोक लगाइएको हो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो। जिल्ला सुरक्षा समितिको … Continue reading आज रातिदेखि राजमार्गमा सवारी चलाउन रोक

थप पढ्नुहोस् »

लागु औषधसहित दुइजना पक्राउ

दाङ,१६ भदौ । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो। शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै शुक्रबार … Continue reading लागु औषधसहित दुइजना पक्राउ

थप पढ्नुहोस् »