कपिलवस्तुमा बम विस्फोट
दाङ,१२ भदौ । कपिलवस्तुमा बम विस्फोट भएको छ। तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ। विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ।
दाङ,१२ भदौ । कपिलवस्तुमा बम विस्फोट भएको छ। तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ। विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ।
काठमाडौं,१२ भदौ । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियान्ता आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको छ। अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार, न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई पाँच-पाँच दिन कैद र जरिवाना तोकेको छ। उक्त घटनामा सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे … Continue reading सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय
कैलाली, १२ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्ने क्रममा चार किशोरको डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरू डुबेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिनुभयो। मृतकहरूमा अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय … Continue reading खोलामा डुबेर ४ किशोरको मृत्यु
दाङ, १२ भदौ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। विधेयकमा रहेका त्रुटि सच्याउन माग गर्दै प्याब्सनले चरणबद्ध आन्दोलन सुरु गरेको हो। दाङमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा आयोजना गरी ज्ञापनपत्र बुझाइएको छ। कोणसभाका वक्ताहरूले विधेयक निजी विद्यालयलाई धरासायी … Continue reading निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालय राज्यलाई बुझाउने
काठमाडौँ,१२ भदौ । पर्साको वीरगञ्जमा हैजा संक्रमण बढ्दै गएको छ। अहिलेसम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जनस्वास्थ्य अधिकृत धनी सिंहका अनुसार हैजाबाट उपचार गराइरहेका बिरामीमध्ये ५६ जना डिस्चार्ज भइसकेका छन् भने २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गएराति मात्रै ११४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका … Continue reading वीरगञ्जमा हैजाका १३६ बिरामी
डडेल्धुरा, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार से १ ज ७३८ नम्बरको जिप ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गर्दा बिहिवार बिहान दुर्घटनामा परेको हो। मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश … Continue reading डडेल्धुरामा जिप दुर्घटना : ४ को मृत्यु, ६ जना घाइते
एजेन्सी । मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको प्रहरीले पुष्टि गरेको छ। स्थानीय प्रहरी प्रमुख ब्रायन ओ’हाराले यस घटनालाई “बच्चा र भक्तहरू विरुद्ध सचेत रूपमा गरिएको हिंसा” भनेका छन्। उनका अनुसार बन्दुकधारीसँग राइफल, सटगन र पिस्तोल … Continue reading थोलिक विद्यालयमा गोलीकाण्ड : २ बालबालिकाको मृत्यु, १७ जना घाइते
दाङ,१२ भदौ । सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जादै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युल नजिकै दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ। जिप अनियन्त्रित भएर … Continue reading सल्यानमा जिप दुर्घटना, १९ जना घाइते
काठमाडौं, १२ भदौ । विभिन्न पाँचवटा मुद्दाका अभियुक्त छबिन्द्र हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनी ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षका छन्। कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार हुमागाईं पछिल्लो पटक वैदेशिक ठगीको आरोपमा पक्राउ परेका हुन्। उनी स्लोभाकिया पठाउने भनी रकम ठगी गरेको आरोपमा छन्। त्यसअघि उनीविरुद्ध चारवटा … Continue reading विभिन्न पाँच मुद्दाका अभियुक्त पक्राउ
काठमाडौँ, १२ भदौ ।अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरूलाई ‘युवा’ भनिने भएका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार यस उमेर समूहलाई नयाँ युवा परिभाषामा राखिएको हो। यसअघि लागू राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर समूह १६–४० वर्ष थियो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, ‘बालबालिका ऐनले … Continue reading नेपालमा अब १८–३५ वर्षकालाई ‘युवा’ भनिने