समाचार

सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

काठमाडौं,२६ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको हो। यसअघि सोही मुद्दामा प्रहरीले महराको बयान … Continue reading सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवा खेलिरहेका नौ जना पक्राउ

दाङ,२६ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना व्यक्ति पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा खटिएको टोलीले राममाया घर्तीको घरमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नगदसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट दुई गड्डी तास र … Continue reading तुलसीपुरमा जुवा खेलिरहेका नौ जना पक्राउ

थप पढ्नुहोस् »

विपद प्रभावितलाई घरमै स्वास्थ सेवा

काठमाडौं,२६ असोज । असोज १८ मा आएको बाढीपहिरोले प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि इलामको माईजोगमाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। पहिरोका कारण बाटो अवरुद्ध भएपछि गाउँपालिकाले माईजोगमाई–६ प्याङका स्थानीयको घर–घरमा पुगेर प्राथमिक स्वास्थ्य सेवा दिन सुरु गरेको हो। प्राथमिक स्वास्थ्य केन्द्र प्याङका प्रमुख डा. अभिषेक देव ठकुरीका अनुसार वृद्धवृद्धा, … Continue reading विपद प्रभावितलाई घरमै स्वास्थ सेवा

थप पढ्नुहोस् »

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका आचार्यले यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। … Continue reading बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

थप पढ्नुहोस् »

अध्यक्ष खत्रीको आग्रह-जेनजीले बाटो देखाओस्

दाङ, २६ असोज । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले हालैको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी युवापुस्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ पुस्तालाई देश र समाज पुनर्निर्माणको बाटो देखाउन आग्रह गरेका छन्। उनले एक सार्वजनिक सन्देशमार्फत आन्दोलनका क्रममा देशभर र गाउँपालिकामा भएको हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै भने, “प्रिय जेनजीहरु, आउनुहोस्, बाटो देखाउनुहोस्। नकारात्मक आभासहरू … Continue reading अध्यक्ष खत्रीको आग्रह-जेनजीले बाटो देखाओस्

थप पढ्नुहोस् »

गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक

काठमाडौं,२६ असोज । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल र एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा बिपिन जोशीको नाम पनि समावेश गरिएको छ। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर … Continue reading गाजामा जीवित रहेका नेपाली बिपिन जोशीको नाम : नयाँ सूची सार्वजनिक

थप पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक आज पनि

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने तय गरिएको छ। गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ। महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने … Continue reading कांग्रेस पदाधिकारी बैठक आज पनि

थप पढ्नुहोस् »

नेपालगन्जका होटलमा प्रहरीको छापा: ४५ जना नियन्त्रणमा

नेपालगञ्ज,२५ असोज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको छ। बाँके प्रहरीले मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुषसहित ४५ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये ८ जना भारतीय नागरिक रहेका छन्।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

थप पढ्नुहोस् »

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौ,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी अगुवासँगको छलफलकै क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। शीतल निवासमा जारी छलफलका दौरान अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक अस्पताल पुर्‍याइएको हो। अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ र थप परीक्षणका लागि भर्ना गरिएको छ। उक्त छलफलमा प्रधानमन्त्री … Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना

थप पढ्नुहोस् »

राउटे बस्तीमा पसेर दुर्ववहार गरेको आरोपमा एक युवक पक्राउ

सुर्खेत,२५ असोज । लोपोन्मुख राउटे समुदायको बस्तीमा प्रवेश गरी महिलामाथि दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। शुक्रबार राति साढे १२ बजेतिर लेकवेशी नगरपालिका–५ नेटाका राजु रजाली राउटे बस्तीमा प्रवेश गरेका थिए। महिला मात्रै रहेको छाप्रोमा जबरजस्ती प्रवेश गरेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका हुन्। राउटे समुदाय हाल लेकवेशी नगरपालिका–९ … Continue reading राउटे बस्तीमा पसेर दुर्ववहार गरेको आरोपमा एक युवक पक्राउ

थप पढ्नुहोस् »