समाचार

बाढीले तीनवटा पुल बगायो,सडक सम्पर्क अवरुद्ध

दार्जुला,२९ साउन ।दार्चुलाको टिंकर खोलामा आएको बाढीले छांगरुदेखि टिंकरसम्मका तीनवटा पुल बगाएको छ। पुल बगाउँदा टिंकर गाउँको सडक सम्पर्क अवरुद्ध भएको छ। व्याँस गाउँपालिका–१ का वीरेन्द्रसिंह तिंकरीका अनुसार, बगाएका पुलहरूमा टिंकर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल पर्छन्। बाढीका कारण गाउँमा रहेका नेपाल टेलिकमका टावरहरू पनि अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले … Continue reading बाढीले तीनवटा पुल बगायो,सडक सम्पर्क अवरुद्ध

थप पढ्नुहोस् »

इजरायलले युद्ध विरामसंगै सबै बन्धक रिहा गर्ने

काठमाडौं,२९ साउन । इजरायलले गाजामा युद्ध विराम रोक्ने भएको छ । साथै युद्धको क्रममा बन्धक बनाइएकाहरुलाइ मुक्त गराउने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक मुक्त गराउने विषयमा केन्द्रित भएको बताएका छन्। यसअघि प्रस्तावित योजनामा ६० दिनको युद्धविराम र केही जीवित इजरायली बन्धकको मात्र रिहाइको प्रावधान … Continue reading इजरायलले युद्ध विरामसंगै सबै बन्धक रिहा गर्ने

थप पढ्नुहोस् »

नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ

बाँके,२९ साउन। बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई मङ्गलबार राति घर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो। उनका घरबाट नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ … Continue reading नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ

थप पढ्नुहोस् »

दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद

दाङ, २९ साउन । दाङमा बालिका बलात्कारको मुद्दामा एक युवकलाई १२ वर्ष कैद सजाय तोकिएको छ। दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय तोकेको हो। अदालतले बिकलाई पाँच लाख रुपैयाँ जरिवाना, पीडितलाई ३० हजार क्षतिपूर्ति र २० हजार … Continue reading दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद

थप पढ्नुहोस् »

दुर्घटना अपडेट: घाइतेहरूको विवरणसहित

दाङ, २८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूको परिचय खुलेको छ। घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो। गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। … Continue reading दुर्घटना अपडेट: घाइतेहरूको विवरणसहित

थप पढ्नुहोस् »

घोराहीबाट रोल्पाका लागी छुटेको फोर्स गाडी दुर्घटना: ५ जना घाइते

दाङ,२८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर पाँचजना घाइते भएका छन् । घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो।गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। दुर्घटना दिउँसो … Continue reading घोराहीबाट रोल्पाका लागी छुटेको फोर्स गाडी दुर्घटना: ५ जना घाइते

थप पढ्नुहोस् »

भत्काइयो ३९ छाउगोठ

कञ्चनपुर,२८ साउन। कञ्चनपुर जिल्लाका दुई नगरपालिका क्षेत्रमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ । प्रहरीका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो । प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार छाउप्रथालाई अन्त्य गर्ने अभियानअन्तर्गत निगाली र भेन्टी बजार आसपासका ती गोठहरू भत्काइएको हो । गएको असारमा कृष्णपुर नगरपालिका–१ की … Continue reading भत्काइयो ३९ छाउगोठ

थप पढ्नुहोस् »

बाल सुधार गृहमा झडपः एक प्रहरी घाइते

काठमाडौँ,२८ साउन। बाल सुधार गृहमा झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् । विराटनगरस्थित बाल सुधार गृहमा झडप हुँदा उक्त झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ … Continue reading बाल सुधार गृहमा झडपः एक प्रहरी घाइते

थप पढ्नुहोस् »

नेपालका कारागारमा १ हजार ४२७ विदेशी बन्दी

काठमाडौँ,२८ साउन। देशभरका कारागारमा १ हजार ४२७ जना विदेशी नागरिक थुनामा परेका छन् । गृह मन्त्रालयका अनुसार हाल नेपालका ७७ कारागारमा कुल २८ हजार ७१८ जना कैदीबन्दी छन्, जसमध्ये विदेशीको संख्या उल्लेख्य छ। गृहमन्त्री रमेश लेखकले संसदमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार कारागारहरूमा क्षमताभन्दा ६७ प्रतिशत बढी छ । पुरुष ब्लकमा १६ हजार ६२५ क्षमतामा २७ हजार … Continue reading नेपालका कारागारमा १ हजार ४२७ विदेशी बन्दी

थप पढ्नुहोस् »

पेटी ठेकेदार र कामदार सेफ्टी ट्यांकीभित्र मृत्त फेला

दुहबी,२८ साउन । बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई व्यक्तिको शव फेला परेको छ । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र पेटी ठेकेदार र कामदारको शव फेला परेको हो । दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ … Continue reading पेटी ठेकेदार र कामदार सेफ्टी ट्यांकीभित्र मृत्त फेला

थप पढ्नुहोस् »