समाचार

चीनका भावी विदेशमन्त्रीका दावेदार लिउ जियानचाओ पक्राउ

बेइजिङ, २५ साउन । चीनका भावी विदेशमन्त्रीका सम्भावित दावेदार मानिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई पक्राउ गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख रहेका लिउलाई जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्किएपछि अधिकारीहरूले नियन्त्रणमा लिएको वाल स्ट्रिट जर्नलले जनाएको छ। लिउलाई नियन्त्रणमा लिनुको कारण सार्वजनिक गरिएको छैन। घटनाबारे पुष्टि गर्न … Continue reading चीनका भावी विदेशमन्त्रीका दावेदार लिउ जियानचाओ पक्राउ

थप पढ्नुहोस् »

बेरुजु फर्छ्योट सरकारको प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

दाङ ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा बेरुजु फर्छ्योट विषयमा आइतबार प्रदेश सभा सचिवालयमा आयोजित बैठक तथा छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय र मातहतका कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण गर्न र कार्यान्वयनमा … Continue reading बेरुजु फर्छ्योट सरकारको प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै

कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्। झडप भएको केहीबेरपछि सुरक्षाकर्मीले बल प्रयोग गरी मृतकको शव र घाइतेहरूको उद्धार गरेका थिए। तर त्यसयता कैदीबन्दीहरूले भित्रबाट कारागारमा ताला लगाई सुरक्षा फौजलाई प्रवेश गर्न अवरोध गर्दै आएका … Continue reading कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै

थप पढ्नुहोस् »

बालिकालाई यौन सम्बन्ध राख्न प्रलोभन दिने कार्यालय सहयोगी पक्राउ

काठमाडौं,२५ साउन । बालिकालाई अनुचित प्रलोभनमा पारेर यौन सम्बन्ध राख्न लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगामा एक सरकारी कार्यालयकी महिला सहयोगीलाई १३ वर्षीया बालिकालाई अनुचित प्रलोभन दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार प्रमिला विश्वकर्मालाई साउन २१ गते पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत म्याद थप गर्दै … Continue reading बालिकालाई यौन सम्बन्ध राख्न प्रलोभन दिने कार्यालय सहयोगी पक्राउ

थप पढ्नुहोस् »

राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो। नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरका सचिव प्रकाश शर्माका अनुसार, गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिन लामो आन्दोलनपछि भएका सहमति तथा प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएकाले देशभर एकैसाथ … Continue reading राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

थप पढ्नुहोस् »

पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौँ,२५ साउन। पिकअप गाडी दुर्घटना हुँदा धनकुटामा १७ जना घाइते भएका छन् । जिल्लाकोधनकुटा नगरपालिका–८, स्थित टेकुनालामा गाडी दुर्घटना भएको हो । टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । … Continue reading पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

थप पढ्नुहोस् »

सम्झना मृत्यु प्रकरणः पुजाको अडियो– ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’

कञ्चनपुर, २५ साउन। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा मुख्य आरोपिताका रूपमा पवन भट्टकी दिदी पूजा भट्टलाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार सम्झनाको शव घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनापछि मृतकको माइती पक्षले श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्ट र दिदी पूजा भट्टविरुद्ध किटानी जाहेरी दिएका … Continue reading सम्झना मृत्यु प्रकरणः पुजाको अडियो– ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’

थप पढ्नुहोस् »

मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु,२ घाइते

दाङ,२५ साउन। दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ दाङका ५६ वर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए। प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै … Continue reading मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु,२ घाइते

थप पढ्नुहोस् »

कर्णालीले प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने भएको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्री … Continue reading कर्णालीले प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने

थप पढ्नुहोस् »

पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

काठमाडौं ,२४ साउन । पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदै जाँदा ती सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका हुन् । जिल्लाका सातै पालिकामा रहेका यी विद्यालयमध्ये अधिकांश आधारभूत र प्राथमिक तहका हुन्। जिल्ला शिक्षा समन्वय एकाइका अनुसार विहादी गाउँपालिकामा २, मोदी गाउँपालिकामा ९, फलेवास नगरपालिकामा ६, कुश्मा … Continue reading पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

थप पढ्नुहोस् »