समाचार

निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

काठमाडौ,९ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवारस्रोतले जनाएको छ ।   ८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो ।   स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

थप पढ्नुहोस् »

तुलसीपुर कारागारबाट भागेका चार कैदीबन्दी पक्राउ

दाङ,९ असोज । दाङ प्रहरीले कारागारबाट भागेका चारजना कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले भदौ २४ गते तुलसीपुर कारागारबाट भागेकामध्ये चार जना कैदी बन्दीलाई पक्राउ गरी कारागारमा बुझाएको छ। आगुऔषध मुद्दामा सजाय भुक्तान गरिरहेका दंगीशरण गाउँपालिका–७ का कुन्जन थापा, जबरजस्ती करणी मुद्दाका घोराही उपमहानगरपालिका – २ का मुकेश विक, लमही नगरपालिका–८ का कर्तव्य ज्यान मुद्दाका … Continue reading तुलसीपुर कारागारबाट भागेका चार कैदीबन्दी पक्राउ

थप पढ्नुहोस् »

कार्तिक ३० सम्म मतदाता नामावली संकलन

काठमाडौँ,९ असोज । निर्वाचन आयोगले नामावली संकलन र अद्यावधिक गर्ने भएको छ । आज बसेको आयोगको बैठकले आउँदो कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने र अद्यावधिक गर्ने निर्णय गरेको हो । कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने–‘ कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ, आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने … Continue reading कार्तिक ३० सम्म मतदाता नामावली संकलन

थप पढ्नुहोस् »

उपमहानगरलाई ज्ञानज्योति फाउण्डेशनको सहयोग

दाङ,९ असोज । तुलसीपुर उपमहानगरपालिकालाई ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले सहयोग सामग्री प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँस्थित ज्ञानज्योति फाउण्डेशन प्रालिले बिहिबार आगजनीका कारण क्षति पुगेको उपमहानगरलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो। गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पालिकामा आगजनी हुँदा दुईवटा भवन पूर्ण रूपमा नष्ट भएका थिए। कार्यालयका सबै सामग्री जलेर सेवा प्रवाहमा … Continue reading उपमहानगरलाई ज्ञानज्योति फाउण्डेशनको सहयोग

थप पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा अलपत्र यात्रुका लागि निःशुल्क बस सेवा

चितवन, ९ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरूलाई लक्षित गर्दै नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि रोकिएका यात्रुहरूलाई सहयोग गर्न प्रहरीले बस सेवा सञ्चालन गरेको हो। प्रहरी स्कुल शान्तिपुरका दुईवटा बस प्रयोग गरी यात्रुहरूलाई भरतपुरसम्म पुर्याइने व्यवस्था गरिएको … Continue reading नारायणगढ–मुग्लिन सडकमा अलपत्र यात्रुका लागि निःशुल्क बस सेवा

थप पढ्नुहोस् »

चट्याङ लागेर चार वर्षीय बालिकाको मृत्यु:दम्पत्ति घाइते

गुल्मी,९ असोज । चट्याङ लागेर गुल्मिमा चारवर्षीय बालिकाको मृत्यु भएको छ।जिल्लाको मदाने गाउँपालिका–५ झ्यानपानीमा गएराति परेको चट्याङका कारण चार वर्षीया रियासा विकको घटनास्थलमै मृत्यु भएको हो। बालिकाको बुबा नेरसिंह विक र आमा सुन्तली विक भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार, राति करिब दुई बजे घरमा सुतिरहेको अवस्थामा चट्याङ … Continue reading चट्याङ लागेर चार वर्षीय बालिकाको मृत्यु:दम्पत्ति घाइते

थप पढ्नुहोस् »

पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

काठमाडौ,९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु राजनीतिबाट पर नगएको बताएका छन् । बुधबार पार्टी अध्यक्षको पदबाट राजीनामा दिएका भट्टराईले पद छाडेपनि राजनीति नछाडेको स्पष्ट पारेका हुन् । डा. भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “म कुनै आन्दोलनबाट अलग भएको होइन। देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र … Continue reading पद छाडेपनि राजनीति छाडेको छैनः डा. भट्टराई

थप पढ्नुहोस् »

चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

कर्णाली,९ असोज । कर्णाली प्रदेशमा चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था योजना बनाइएको छ । जसअन्र्तगत दसैँ, तिहार र छठ पर्वका बेला हुने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरी ड्रोनसहित सुरक्षा व्यवस्था गर्ने योजना बनाएको छ। योजना … Continue reading चाडपर्वमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »

तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

काठमाडौँ,९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा गएको पहिरो हटाउन शुक्रबार बिहानसम्म लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पानी परेकाले आजै पहिरो हटाउन सकिने सम्भावना नभएको जनाएको हो। सडक डिभिजन भरतपुरका सूचना अधिकारी तथा इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले ६ वटा उपकरण परिचालन गरेर दुई साइडबाट काम भइरहेको छ। तर, एक … Continue reading तुइन खोला पहिरो हटाउन भोलिसम्म लाग्ने

थप पढ्नुहोस् »

सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

काठमाडौं,९ असोज । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म (भदौ मसान्त) यो रकम पुगेको हो। गत असार मसान्तसम्म ऋणभार २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड … Continue reading सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो

थप पढ्नुहोस् »