समाचार

चामल किन्न बजार गएका रत्न १९ दिनदेखि बेपत्ता

दाङ, २१ साउन । दाङको तुलसीपुरका एक व्यक्ति १९ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३२ वर्षीय रत्नबहादुर बुढाथोकी १९ दिनदेखि बेपत्ता छन् । साउन ३ गते चामल किन्न तुलसीपुर बजार गएका उनी अहिलेसम्म घर फर्किएका छैनन् । श्रीमती कमला बुढाथोकीका अनुसार, साउन ३ गते दिउँसो करिब १२ बजे दुई हजार रुपैयाँ दिएर … Continue reading चामल किन्न बजार गएका रत्न १९ दिनदेखि बेपत्ता

थप पढ्नुहोस् »

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो। उक्त कार्यक्रममा आयोजनाको प्रभावकारिता चुनौती स्थानीय सहभागिता र वातावरण मैत्री विकासको विषयमा छलफल समेत गरिएको थियो। कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका … Continue reading जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »

मदिरा भनेर डिजेल सेवन गर्दा एकजनाको मृत्यु

काठमाडौँ, २१ साउन। उदयपुरमा मदिरा सम्झेर डिजेल सेवन गरेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठले घरमै राखिएको डिजेल मदिरा ठानी पिएपछि बिरामी परेका थिए। मंगलबार साँझ करिब ७ः३० बजे डिजेल सेवन गरेका श्रेष्ठलाई सुरुमा नगर अस्पताल बेलटार लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगरस्थित … Continue reading मदिरा भनेर डिजेल सेवन गर्दा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

रातभर रुखमा बाँधेर राखिएका सोरेनको मृत्युः चारजना पक्राउ

झापा, २१ साउन । रातभर रुखमा बाँधेर राखिएका एक व्यक्तिको ज्यान गएको छ । झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरी छिमेकीको घर ६० वर्षीय जतन सोरेनको ज्यान गएको हो । रुखमा बाँधेर राखेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न फरार व्यक्तिको खोजी भइरहेको छ । मंगलबार राति करिब १०ः३० बजे … Continue reading रातभर रुखमा बाँधेर राखिएका सोरेनको मृत्युः चारजना पक्राउ

थप पढ्नुहोस् »

तस्करी रोक्न पुगेका प्रहरी स्थानीयको घेराबन्दीमा, झडपमा एकको मृत्यु

सप्तरी,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्न पुगेका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको छ। मंगलबार राति भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको हो। मृतक ३६ वर्षीय लालु यादवको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। झडपमा बायाँ तिघ्रामा गोली लागेका … Continue reading तस्करी रोक्न पुगेका प्रहरी स्थानीयको घेराबन्दीमा, झडपमा एकको मृत्यु

थप पढ्नुहोस् »

करेन्ट लागेर गैँडाको मृत्यु

दाङ,२१ साउन । करेन्ट लागेर चितवनमा एउटा भाले गैँडाको मृत्यु भएको छ । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको गैँडा मरेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बुधबार बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो । गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी … Continue reading करेन्ट लागेर गैँडाको मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते

दाङ,२० साउन । दाङको तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्ध घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुल्म चोकमा स्कुल बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना वृद्ध घाइते भएका हुन् । मंगलबार दिउँसो करिब ३:२० बजे संस्कार पाठशालाबाट विद्यार्थी छोड्न निस्किएको लु.प्र.०६-०२-०१ क ०१३६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आइरहेको … Continue reading तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते

थप पढ्नुहोस् »

शर्मिला वाइबा पक्राउ

दाङ,२० साउन । आफूलाई अभियान्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिए। डीएसपी बस्नेतका अनुसार, काठमाडौँ जिल्ला अदालतबाट वाइबाको पक्राउ पुर्जी जारी भएको थियो। वाइबालाई अनुसन्धान र म्याद थपका लागि काठमाडौँ ल्याउने … Continue reading शर्मिला वाइबा पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी प्रदेश सहित देशभरका वर्गीकृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका हुन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले कक्षा १२ मा उत्तीर्ण अर्थात् वर्गीकृत भएका सम्पूर्ण विद्यार्थीलाई बधाई … Continue reading लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

थप पढ्नुहोस् »

उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता

काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र पानीको भेलले स्थानीय भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि गंगोत्री धाम जाने सबै सडक सम्पर्क विच्छेद भएको छ। … Continue reading उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता

थप पढ्नुहोस् »