समाचार

विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला

काठमाडौँ,२० साउन । छ दिनदेखि बेपत्ता रहेका दाजुबहिनी मृत फेला परेका छन् । ताप्लेजुङको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत अवस्थामा फेला परेका हुन् । साउन १५ गते बिहान विद्यालय जान भनेर घरबाट निस्किएका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव साउन २0 गते मंगलबार बिहान बिरुवा खोलामा फेला … Continue reading विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला

थप पढ्नुहोस् »

वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य

काठमाडौँ,२० साउन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै विज्ञापन अब अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सो व्यवस्था लागू गरेको हो। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(९)(३०) र वैदेशिक रोजगार नियमावली, २०६४ को … Continue reading वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य

थप पढ्नुहोस् »

ज्ञान ज्योती ‘नेपाल टप’

दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले जिल्लामात्र होइन, देशभरकै ध्यान खिच्न सफल भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायतर्फ विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ GPA हासिल गरी नेपालभरि प्रथम स्थान प्राप्त गरेका छन्। यो सफलता ज्ञान … Continue reading ज्ञान ज्योती ‘नेपाल टप’

थप पढ्नुहोस् »

दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम … Continue reading दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

थप पढ्नुहोस् »

बजेट नल्याएका पालिकामा मन्त्रालयले स्थलगत सहजीकरण गर्ने

काठमाडौँ, २० साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट पारित गर्न नसकेका पालिकाहरूसँग स्थलगत छलफल गर्दै समस्या समाधानका लागि सहजीकरण प्रक्रिया सुरु गर्ने भएको छ। चाँडै बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ मन्त्रालयले तीन वटा टोली गठन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको संयोजनमा … Continue reading बजेट नल्याएका पालिकामा मन्त्रालयले स्थलगत सहजीकरण गर्ने

थप पढ्नुहोस् »

Update: कुलोमा बगेर घाइते भएकी बालिकाको मृत्यु

दाङ,२० साउन । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा बस्ने सुरेश बस्नेतकी २ वर्षकी छोरी सुष्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ साढे ५ बजे घरको आगनमा खेल्ने क्रममा गोठुवा कुलोमा खसेर बग्दा उनी गम्भीर घाइते भएकी थिइन् … Continue reading Update: कुलोमा बगेर घाइते भएकी बालिकाको मृत्यु

थप पढ्नुहोस् »

नदी तथा खोलामा पानीको बहाव बढ्यो: सर्तकता अपनाउन आग्रह

दाङ, २० साउन । लगातारको अविरल वर्षाका कारण दाङका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेषगरी घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनको आवागमनमा समस्या उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले नदी तथा खोलामा पानीको बहाव बढिरहेकोले सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका … Continue reading नदी तथा खोलामा पानीको बहाव बढ्यो: सर्तकता अपनाउन आग्रह

थप पढ्नुहोस् »

मलवारमा कुलोमा बगेर दुई वर्षीया बालिका गम्भीर घाइते

दाङ,१९ साउन । दाङमा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ स्थित गोठुवामा खेल्ने क्रममा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी हुन् । स्थानीय सुदेश बस्नेतकी दुई वर्षीया छोरी सुस्मा बस्नेत सोमबार साँझ करिब ५:३० बजे घर अगाडि खेल्दै गर्दा नजिकैको कुलोमा बगेकी थिइन्। घटनास्थल नजिकै रहेका उनका बुवाले देखेर … Continue reading मलवारमा कुलोमा बगेर दुई वर्षीया बालिका गम्भीर घाइते

थप पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिकः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्। निर्धारित तालिका अनुसार परीक्षा ११ वैशाखमा हुने तय भएको थियो, तर आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो। यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ … Continue reading कक्षा १२ को नतिजा सार्वजनिकः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

थप पढ्नुहोस् »

राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत

काठमाडौँ,१९ साउन । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ, जसले श्रम आप्रवासन र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने लक्ष्य राखेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको सो नीति मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो। मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार नीतिको उद्देश्य नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी … Continue reading राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत

थप पढ्नुहोस् »