समाचार

छुरा प्रहारबाट तीनजना घाइते

काठमाडौँ, २२ साउन। सर्लाहीको बलरा नगरपालिकामा भएको झडपमा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्। बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो। झडपको क्रममा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र … Continue reading छुरा प्रहारबाट तीनजना घाइते

थप पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २२ साउन। बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आउँदो आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो। बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही … Continue reading आइतबार सार्वजनिक बिदा

थप पढ्नुहोस् »

केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

काठमाडौँ, २२ साउन । साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । ललितपुरमा केटा साथीको घरमा गएका बेला बेहोस भई किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा एक किशोरी बुधबार दिउँसो गएकी थिइन्। त्यही क्रममा अचानक बेहोस भएकी ती किशोरीलाई … Continue reading केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

थप पढ्नुहोस् »

पानी र बाढीले ६ ठाउँका सडक अवरुद्ध

काठमाडौँ, २२ साउन। देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ६ स्थानमा प्रमुख सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर आसपास आज बिहानदेखि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग आवागमन बन्द भएको छ। यता, गएको जेठ … Continue reading पानी र बाढीले ६ ठाउँका सडक अवरुद्ध

थप पढ्नुहोस् »

थुनामुक्तको माग राख्दै रविले दिए अदालतमा निवदेन

रुपन्देही,२२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तको माग गर्दै जिल्ला अदालतमा निवदेनन दिएका छन् । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को … Continue reading थुनामुक्तको माग राख्दै रविले दिए अदालतमा निवदेन

थप पढ्नुहोस् »

प्रतिबन्धित औषधि बेच्ने दुइजना पक्राउ

काठमाडौँ,२२ साउन । प्रहरीले प्रतिबन्धित औषधि बेच्ने दुइजनालाई औषधिसहित पक्राउ गरेको छ । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन् । । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजेतिर कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णु प्रसाद बगालेको घरमा तलासी … Continue reading प्रतिबन्धित औषधि बेच्ने दुइजना पक्राउ

थप पढ्नुहोस् »

बलात्कारको आरोपमा रास्वपाका गाउँपालिका सभापति पक्राउ

काठमाडौँ,२१ साउन । बलात्कारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति पक्राउ परेका छन्। सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ का रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका हुन् । लिखुपिके गाउँपालिकाका रास्वपा गाउँ सभापति समेत रहेका बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो। बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका … Continue reading बलात्कारको आरोपमा रास्वपाका गाउँपालिका सभापति पक्राउ

थप पढ्नुहोस् »

बालविवाहसम्बन्धी कानुन ७ वर्षमै संशोधन गर्नुपर्ने अवस्था : सांसद साह

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालविवाहसम्बन्धी कानुन ७ वर्ष नपुग्दै संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। बुधबार महिला विकास तथा कानुन मञ्च ९एफडब्लुएलडी० ले युनिसेफको सहयोगमा बालबालिकासम्बन्धी ऐन, २०७५ को पहिलो संशोधन विधेयकबारे सांसदहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सभापति साहले परिवर्तनशील समाजमा समयसापेक्ष कानुन निर्माण … Continue reading बालविवाहसम्बन्धी कानुन ७ वर्षमै संशोधन गर्नुपर्ने अवस्था : सांसद साह

थप पढ्नुहोस् »

गायक पशुपति सवार कार स्याङ्जामा दुर्घटना, चार जना घाइते

काठमाडौँ, २१ साउन । लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दधिराम न्यौपानेका अनुसार, कारमा गायक शर्मासहित चार जना सवार थिए । उनीहरू सबै … Continue reading गायक पशुपति सवार कार स्याङ्जामा दुर्घटना, चार जना घाइते

थप पढ्नुहोस् »

दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ

दाङ, २१ साउन । हत्याको आरोपमा फरार एक महिला २३ वर्षपछि पक्राउ परेकी छन् । दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । उनले आफ्नै सौताको ९ वर्षीय छोराको हत्या गरेको अभियोगमा २०६० सालमा अदालतबाट १० वर्ष कैद सजाय पाएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएकी … Continue reading दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ

थप पढ्नुहोस् »