समाचार

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता

काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) बीच पार्टी एकता भएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेसपा समूहका नेता गंगानारायण श्रेष्ठले एकता तथा समायोजन सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्। एकता घोषणासभामा माओवादी महासचिव देव गुरुङले दुवै पक्षबीच पाँच बुँदे सहमति भएको जानकारी … Continue reading माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता

थप पढ्नुहोस् »

सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

काठमाडौँ,१२ फागुन। नेपाल–भारत सीमावर्ती बजार कृष्णनगर सोमबार भन्द भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगर बजार बन्द भएको हो । सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई अनावश्यक दुःख दिएर ज्यादती गरेको आरोप लगाउँदै सोमबार बजार बन्द गरेको संघका अध्यक्ष रितेश शर्माले बताए । बजार पूर्ण रुपमा बन्द छ । निजी … Continue reading सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

थप पढ्नुहोस् »

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन। गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो। १० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने … Continue reading चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

थप पढ्नुहोस् »

मृत भेटिइन् रोशनी शाही

काठमाडौँ, ११ जेठ। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १स्५० बजे कोठाभित्रै मृत फेला परेको प्रहरी जनाएको छ। शाही बलात्कार आरोपमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणकी पीडित हुन्। सो मुद्दामा पछि महरा अदालतबाट सफाइ पाएका … Continue reading मृत भेटिइन् रोशनी शाही

थप पढ्नुहोस् »

सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अघिल्लो आदेशमा भएको टाइप त्रुटि सच्याएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसम्बन्धी बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै ‘थुनामै पठाउने’ आदेश जारी गरेको थियो। तर उक्त आदेशको चौथो हरफमा ‘आदेश’ … Continue reading सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

थप पढ्नुहोस् »

विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

काठमाडौँ, जेठ ११। यसवर्षको प्रि–मनसुन सुरु भएसंगै राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । उक्त कार्ययोजना तयार पार्दै प्राधिकरणले यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ । प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र … Continue reading विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

थप पढ्नुहोस् »

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन्। ओलीले राजावादीहरू देशमा आतंक फैलाउने प्रयासमा रहेको आरोप लगाउँदै भने, “यी तथाकथित राजावादीहरू केही पनि … Continue reading कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

थप पढ्नुहोस् »

जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा लु१ ज१६३७ नम्बरको जिप सडकबाट करिब ४ मिटर तल खसेको हो। सल्यान रिमबाट तुलसीपुरतर्फ गइरहेको जिप अनियन्त्रित भएर खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको … Continue reading जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

थप पढ्नुहोस् »

कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

दाङ,११ जेठ । सल्यानमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, सातबासमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। दुर्घटनामा परेर ९ जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते छन्। जिप सडकबाट करिब ५० … Continue reading कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

थप पढ्नुहोस् »

१० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाल सरकारले ३ खर्बभन्दा बढी सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ। यद्यपि, सोही अवधिमा करिब ४ खर्ब बराबर नयाँ ऋण उठाइएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु वर्षको सुरुवातमा सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। वैशाख मसान्तसम्ममा … Continue reading १० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

थप पढ्नुहोस् »