समाचार

थर्ड आइ नेपाल दाङद्वारा रक्तदान कार्यक्रम

दाङ,१० जेठ । दाङको तुलसीपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजनामा , नेपाल सोसाइटी तुलसीपुर शाखाको प्राविधिक सहयोग र फ्रेन्ड फिटनेस एन्ड सप्लायर्सको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २३ जनाले रगतदान गरेका छन्। थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीका अनुसार संस्थाले नियमित रूपमा रक्तदान जस्ता सामाजिकआर्थिक कार्यक्रम गर्दै … Continue reading थर्ड आइ नेपाल दाङद्वारा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

आर्थिक सुधारको कार्ययोजना सार्वजनिक

काठमाडौं,१० जेठ । सरकारले देशको समग्र आर्थिक सुधारका लागि व्यापक कार्ययोजना स्वीकृत गरेको छ। मन्त्रीपरिषद्को पछिल्लो बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनलाई कार्यान्वयन गर्न ४०८ बुँदाको कार्ययोजना स्वीकृत गरेको हो। पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगको सिफारिसलाई आधार मानेर तीन सदस्यीय कार्यदलले यो कार्ययोजना तयार पारेको हो। कार्यदलको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … Continue reading आर्थिक सुधारको कार्ययोजना सार्वजनिक

थप पढ्नुहोस् »

भ्रमणमा निस्किएका अन्सारीको खोलामा डुबेर मृत्यु

दाङ,१० जेठ । भ्रमणमा निस्किएका भारतीय नागरिकको खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्नेक्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारी मृत्त फेला परेका हुन्। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका–३ … Continue reading भ्रमणमा निस्किएका अन्सारीको खोलामा डुबेर मृत्यु

थप पढ्नुहोस् »

स्थापना दिवसमा प्रेस युनियनको साताव्यापी कार्यक्रम तय

दाङ, १० जेठ। नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रुपमा स्थापना दिवस मनाउने भएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले ३४ औं स्थापना दिवस जेठ १२ देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । स्थापना दिवसका अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको … Continue reading स्थापना दिवसमा प्रेस युनियनको साताव्यापी कार्यक्रम तय

थप पढ्नुहोस् »

लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल

दाङ । लुम्बिनी प्रदेश सरकारले जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सैद्धान्तिक छलफल सुरु गरेको छ ।सरकारको तर्फबाट आर्थिक वर्ष २०८२/०८३का लागि प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रवार देखि छलफल प्रारम्भ गरिएको हो ।  शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो । … Continue reading लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल

थप पढ्नुहोस् »

महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

दाङ,९ जेठ । तुलसीपुरमा किशोरीहरुका लागि महिनावारी स्वास्थ्य तथा सरसफाइसम्वन्धी शिविर सञ्चालन भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा र मेट्रो प्याथ ल्याब तथा मेट्रो सिटी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा किशोरी लक्षित महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना शिविर सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ स्थित माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत कक्षा … Continue reading महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी शिविर सञ्चालन

थप पढ्नुहोस् »

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विवाद: सर्वोच्च अदालतमा रिट

काठमाडौं,९ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलको प्रभावमा नियुक्ति गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत गभर्नरमा नियुक्त गरिएको भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नियुक्ति बदरको माग गर्दै अदालतमा निवेदन दिएका हुन्। रिटमा उल्लेख अनुसार, पौडेलले बैंकिङ, … Continue reading राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विवाद: सर्वोच्च अदालतमा रिट

थप पढ्नुहोस् »

फक्सकनको अटोमेशन क्रान्तिः अब रोबोटले नै आइफोन बनाउने

काठमाडौँ,९ जेठ । अबको केही वर्षमा तपाईंको हातमा पर्ने नयाँ आइफोन पूर्ण रूपमा रोबोटले बनाएको हुन सक्छ। संसारकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता फक्सकनले घोषणा गरेको छ कि उसले अब उत्पादन प्रक्रियाहरूमा पूर्ण अटोमेशन र जनरेटिभ एआईको प्रयोगलाई प्राथमिकता दिँदैछ। कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा आयोजित कार्यक्रममा भने, “भविष्यमा कारखानाहरूमा अधिकांश म्यानुअल काम … Continue reading फक्सकनको अटोमेशन क्रान्तिः अब रोबोटले नै आइफोन बनाउने

थप पढ्नुहोस् »

विषादी सेवनबाट तुलसीपुरमा दुई किशोरीको मृत्यु

दाङ, ९ जेठ । दाङको तुलसीपुरमा विषादी सेवनबाट दुई किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा भाडाको कोठामा बस्दै आएका दुई किशोरीले विषादी सेवन गर्दा दुबैको ज्यान गएको हो । मृत्यु हुनेमा जिल्ला सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला घर भई हाल तुलसीपुरमा बस्दै आएकी १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार रहेको ईलाका … Continue reading विषादी सेवनबाट तुलसीपुरमा दुई किशोरीको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनीलाई खतराको सूचीमा नराख्न प्रस्ताव

काठमाडौँ, ८जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित युनेस्को प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनी संरक्षण र प्रवर्द्धनबारे विशेष छलफल भएको छ। संस्कृति मन्त्रालयमा सम्पन्न भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नपार्ने उपायबारे गहन छलफल गरिएको हो। मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनी क्षेत्रमा सुधारात्मक कार्यहरू भइरहेको … Continue reading लुम्बिनीलाई खतराको सूचीमा नराख्न प्रस्ताव

थप पढ्नुहोस् »