समाचार

प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग

काठमाडौँ,२२ फागुन । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उनीहरूको राजीनामा आवश्यक रहेको बताएका छन्। लिङ्देनले सरकारको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भइसकेको भन्दै प्रधानमन्त्री कार्यालय स्वयं उत्तीर्ण हुने अङ्क ल्याउन नसकेको आरोप लगाए। उनले … Continue reading प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग

थप पढ्नुहोस् »

अमेरिका लैजाने ५० बिचौलियामाथि ब्युरोले थाल्यो अनुसन्धान

काठमाडौं,२२ फागुन । नेपालबाट अवैध रूपमा अमेरिका लैजाने ५० जना बिचौलिया सक्रिय रहेको खुलासा भएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूको सूची तयार गरी अनुसन्धान अघि बढाएको छ। ब्युरोका अनुसार, बिचौलियाहरू काठमाडौंबाट मेक्सिको हुँदै अमेरिका पठाउने गिरोहमा संलग्न छन्। सोही क्रममा अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। तीमध्ये ८ जनालाई अमेरिकन … Continue reading अमेरिका लैजाने ५० बिचौलियामाथि ब्युरोले थाल्यो अनुसन्धान

थप पढ्नुहोस् »

दाङका दुई पालिकामा कपडा बैंक स्थापना

दाङ, २२ फागुन – दाङको दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। क्लोथ एण्ड फुड बैंक नेपालले बुधबार कपडा बैंक स्थापना गरेको हो। “हुनेले दिने, नहुनेले लिने” सिद्धान्तअनुसार पालिकाका कार्यालयहरूमा कपडा बैंक स्थापना गरिएको बैंकका केन्द्रीय अध्यक्ष कमल जीसीले जानकारी दिए। यसका लागि दंगीशरण गाउँपालिकाले रु. २.५ लाख सहयोग गरेको छ भने … Continue reading दाङका दुई पालिकामा कपडा बैंक स्थापना

थप पढ्नुहोस् »

जसलाई विश्वास गरिन्, उनैले गरे हत्या

बर्दिया,२२ फागुन । बर्दियाको ठाकुर बाबामा एकल महिलाको हत्याको आरोपमा उनका भिनाजु र बुहारी पक्राउ परेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की ५१ वर्षीया राधा बोहरा हत्याको आरोपमा उनीहरू पक्राउ परेका हुन्। एकल जीवन बिताइरहेकी बोहरा धुरीखाँबोमा बाँधिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खुलासा गर्यो उनलाई हत्या पछि खाबोमा बाधिएको रहेछ। हत्या आरोपमा … Continue reading जसलाई विश्वास गरिन्, उनैले गरे हत्या

थप पढ्नुहोस् »

बेपत्ता भएको पाँच दिनपछि मृत फेला

कास्की,२२ फागुन । बेपत्ता भएको पाँच दिनपछि महेश सुवेदी मृत फेला परेका छन्। तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय सुवेदी पाँच दिनपछि मृत फेला परेका हुन् । फागुन १७ गते बिहान घरबाट बेपत्ता भएका सुवेदीको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। तनहुँको भीमादसहित स्याङ्जा क्षेत्रमा व्यापक खोजी भए पनि … Continue reading बेपत्ता भएको पाँच दिनपछि मृत फेला

थप पढ्नुहोस् »

प्रशासकीय अधिकृत डाँगीको अछाम सरुवा, तुलसीपुरमा पार्धेे आउँदै

दाङ, २२फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले ३९ जना नयाँ उपसचिवको पदस्थापन र ५३ जना कार्यरत उपसचिवको सरुवा गरेको हो। सोही क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय … Continue reading प्रशासकीय अधिकृत डाँगीको अछाम सरुवा, तुलसीपुरमा पार्धेे आउँदै

थप पढ्नुहोस् »

राष्ट्रिय सभामा पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं, २२फागुन । सरकारले करिब ३४ दिनपछि राष्ट्रिय सभामा पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको छ। संविधानअनुसार अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुने व्यवस्था रहेकाले सरकारले ती अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो। माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा सरकारले छ वटा अध्यादेश पेस गरेको थियो, तर भूमिसम्बन्धी केही … Continue reading राष्ट्रिय सभामा पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

थप पढ्नुहोस् »

पहाडी भेगमा हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

काठमाडौं,२२ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका अधिकांश भागमा मौसम सफा भए पनि तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी क्षेत्रको मौसम आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहनेछ। … Continue reading पहाडी भेगमा हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

पत्रकार पास निलम्बनमाथि सोविताको प्रश्न: ‘प्रश्न सोध्न पाइँदैन?

दाङ,२१ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हिटलर’ भनेर प्रश्न सोधेका दुई पत्रकारको संसद भवन प्रवेश पास निलम्बन गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले त्यसको कडा आलोचना गरेकी छन्। उनले फेसबुकमा लेख्दै प्रश्न गर्ने अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्। गौतमले आफ्नो स्टाटसमा लेखेकी छन्, “एक समय थियो, जब मिडियामा देखिन नेताहरू आफैं माइक खोज्थे। तर … Continue reading पत्रकार पास निलम्बनमाथि सोविताको प्रश्न: ‘प्रश्न सोध्न पाइँदैन?

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवा खेलिरहेका ११ जना पक्राउ

दाङ,२१ फागुन ।दाङको तुलसीपुरमा जुवा खेल्दै गरेका ११ जनालाइ प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-९, रामनगर टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको हो। प्रहरीका अनुसार, २०८१ फागुन २१ गते बेलुकी करिब साढे ४ बजे अबैध जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबाट नगद रू. १,१६,८०० एक … Continue reading तुलसीपुरमा जुवा खेलिरहेका ११ जना पक्राउ

थप पढ्नुहोस् »