समाचार

मेयर बालेनको प्रधानमन्त्री ओलीलाई कटाक्ष: “देशलाई नडुबाउनु होला”

दाङ,१६ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेखेका छन्। शाहले आफ्नो स्ट्याटसमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!!” … Continue reading मेयर बालेनको प्रधानमन्त्री ओलीलाई कटाक्ष: “देशलाई नडुबाउनु होला”

थप पढ्नुहोस् »

शनिबार प्रीति आले, भागिरथ चलाउने लगायतका कलाकार आउँदै

दाङ,१६ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा शनिबार चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १६ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका … Continue reading शनिबार प्रीति आले, भागिरथ चलाउने लगायतका कलाकार आउँदै

थप पढ्नुहोस् »

सुगठन तथा फिट्नेस संघको अध्यक्षमा केसी

फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन गर्दै सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा दीपेन्द्र शाह र योगेश मल्ल, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा भुपेन्द्र डाँगी चयन भएका … Continue reading सुगठन तथा फिट्नेस संघको अध्यक्षमा केसी

थप पढ्नुहोस् »

बद्रीनाथ क्षेत्रमा हिमपहिरो: १६ जनाको उद्धार, ४१ अझै बेपत्ता

एजेन्सी। भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लाको बद्रीनाथ क्षेत्रमा शुक्रबार गएको ठूलो हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्। हालसम्म १६ जनालाई उद्धार गरिए पनि ४१ जना अझै बेपत्ता छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हिमपहिरो प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, “सीमा सडक संगठन (बीआरओ) का कामदारहरू मानानजिकै … Continue reading बद्रीनाथ क्षेत्रमा हिमपहिरो: १६ जनाको उद्धार, ४१ अझै बेपत्ता

थप पढ्नुहोस् »

कोलकता डाइभर्ट भयो परराष्ट्रमन्त्री राणा चढेको विमान

काठमाडौं, १६ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ। परराष्ट्रमन्त्रीका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरलाइन्सको उक्त विमान दोहाबाट काठमाडौं आउँदै थियो। काठमाडौंमा अवतरणको धेरै प्रयास भए पनि निरन्तर खराब मौसमका कारण सुरक्षित रूपमा अवतरण गर्न नसक्दा विमानलाई कोलकाता मोडिएको हो।

थप पढ्नुहोस् »

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,एक गम्भीर घाइते

बर्दिया ,१६ फागुन । बर्दियामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ एकजना गम्भीर घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा एकको मृत्यु भएको हो । बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको प्रहरी … Continue reading सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,एक गम्भीर घाइते

थप पढ्नुहोस् »

हुरीबतासले करोडौँको केराखेती नष्ट

सुनसरी,१६ फागुन । लगातार दुई दिनसम्म परेको असिनासहितको हुरीबतासले सुनसरीका किसानले लगाएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ। हुरीका कारण इनरूवा, भोक्राहा नरसिंह, गढी गाउँपालिका, हरिनगर र देवनागञ्ज क्षेत्रका अधिकांश केराका बोट ढलेका छन्। भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान जब्बार मियाँले १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका थिए। करिब ५० लाख रुपैयाँ लागतमा गरिएको यो खेती … Continue reading हुरीबतासले करोडौँको केराखेती नष्ट

थप पढ्नुहोस् »

सिन्धुपाल्चोक भूकम्प: प्रहरी चौकी चर्कियो, कैदी घाइते,भोटेकोसीमा पहिरो

काठमाडौँ १६ फागुन । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। शुक्रबार बिहान २बजेर ५१मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण जिल्लामा सामान्य क्षति भएको छ भने मानवीय क्षति नरहेको प्रशासनले जनाएको छ। प्राप्त जानकारीअनुसार, भूकम्पका कारण सिन्धुपाल्चोक कारागारका एक कैदी भाग्ने क्रममा लडेपछि हात भाँचिएको छ। उनलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको … Continue reading सिन्धुपाल्चोक भूकम्प: प्रहरी चौकी चर्कियो, कैदी घाइते,भोटेकोसीमा पहिरो

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज अनु ,गोपाल र सुनिता आउँदै

दाङ,१५ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो कृषि पर्यटन सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ को १५औ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ। महोत्सवमा बिहिबार चर्चित कलाकारहरू अनु चौधरी,गोपाल नेपाल (जी.एम.), र सुनिता परियारले प्रस्तुति दिने भएका छन्। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालनमा रहेको महोत्सवमा कृषि, पर्यटन, संस्कृति र व्यापार … Continue reading तुलसीपुर महोत्सवमा आज अनु ,गोपाल र सुनिता आउँदै

थप पढ्नुहोस् »

दुर्घटनाका घाइते कविराजको उपचारका क्रममा मृत्यु

दाङ, १५ फागुन । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका कविराज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। फागुन १४ गते (हिजो) साझ तुलसीपुर उपमहानगरपालिका-८ चमिखोला नजिक भएको मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका थिए। तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४८ वर्षीय लक्ष्मीप्रसाद थारु र … Continue reading दुर्घटनाका घाइते कविराजको उपचारका क्रममा मृत्यु

थप पढ्नुहोस् »